पाल्पा- रामपुर नगरपालिका– ८ कुमराङका थमकुमारी थापा ठाडा विगत साढे चार महिनादेखि बेपत्ता भएकी छिन्।
गत भदौ २७ गते बिहान ११.३० बजे घरबाटै बेपत्ता भएकी २८ वर्षीय थापाको आफन्त, साथीभाइकहाँ खोजी गरे पनि उनी अझै फेला पर्न नसकेको वडाअध्यक्ष बोमबहादुर नामजालीले बताए।
घरनजिकै कालीगण्डकी रहेकाले आफन्त साथीभाइ सबैले नदीमा पसेको शंका गरे पनि उनी अहिलेसम्म फेला पर्न नसकेको उनले बताए। एक नाबालक छोरा, श्रीमान् र सासू-ससुरासँगै बस्दै आएकी ठाडा अहिलेसम्म फेला पर्न नसक्दा परिवार चिन्तित बनेका छन्। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।