• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, माघ २०, २०८२ Tue, Feb 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

नक्कली भ्याट बिल प्रकरण : दोस्रोपटक अनुसन्धानको फाइल मगाउने सर्वोच्चको आदेश

64x64
नेपाल लाइभ मंगलबार, साउन २८, २०७६  ०५:४९
1140x725

काठमाडौं- एउटा फाइल समयमा सर्वोच्च अदालतमा पेश नहुँदा नक्कली बिल बनाएर अर्बौंको राजश्व ठगी गरेको आरोप लागेका कम्पनीहरू वर्षौंदेखि अदालत देखाएर उम्कँदै आएका छन्।

६ वर्षदेखि सर्वोच्च अदालतमा चलिरहेको भाटभटेनी सुपर मार्केटसहित पाँच कम्पनीको मुद्दा फेरी पनि सुनुवाई अनिश्चित भएको छ।

लामो बहस र चलखेलबीच फैसलाको मुखमा पुगेको उक्त प्रकरण बैशाख १७ गते फाइल अपुग भएको भन्दै सरेको थियो। करिब तीन महिनापछि सोमबार चढेको पेसीमा पनि सर्वोच्चले सोही फाइल मगाउने आदेश गरेको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र बमकुमार श्रेष्ठको इजलासले गरेको आदेश अनुसार फाइल नआएको पाइएपछि सोमबार पुनः पेसीमा चढाइएको थियो।

सोमबार न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको इजलासले फाइल नै मगाउने आदेश गरेका छन्। इजलासले किन अदालतमा अन्तिम सुनुवाईका लागि फाइल पेस नभएन् भनी विपक्षीहरुसँग बुझ्ने आदेश गरेको हो।

सर्वोच्चको यो आदेशले यो मुद्दाको अन्तिम सुनुवाई कहिले हुने झन् अन्योल भएको छ। अन्तिम सुनुवाईका लागि आन्तरिक राजश्व कार्यालय, अर्थ मन्त्रालय लगायतले फाइल फेला परेमा पेस गर्ने र नपेरमा हराएको जवाफ नदिएसम्म अघि नबढ्ने निश्चित छ।

६ वर्षअघि छानबिन भएको नक्कली भ्याट बिल प्रकरणका भाटभटेनी ग्रुपसहित ४ आरोपीको मुद्दाको अन्तिम सुनुवाइ चलिरहेको थियो। आन्तरिक राजस्व कार्यालयले नक्कली भ्याट बिल जारी गर्ने कम्पनीमाथि गरेको प्रारम्भिक अनुसन्धानको फाइल नै पेस नभई विभिन्न तहबाट फैसला हुँदै आएको जिकिर भाटभटेनीलगायत कम्पनीका तर्फबाट बहस गर्ने कानुन व्यवसायीले तर्क गरेपछि सर्वोच्चको यस्तो आदेश आएको थियो। 

यसअघि पटकपटक फाइल मगाउने आदेश भएको मुद्दामा अन्तिम बहस सुरु भए पनि कम्पनीका कानुन व्यवसायीले मुद्दाको सुनुवाइ लम्ब्याउने प्रयोजनका साथ यस्तै बहस गर्दै आएका थिए। कानुन व्यवसायीहरुले मिसिल प्रमाण नपुगेको तर्क उठाएपछि प्रधानन्यायाधीशको इजलासले फाइल मगाउने आदेश गरेको थियो। यो आदेशपछि नक्कली भ्याट बिल प्रकरण सुनुवाइ अनिश्चितकालका लागि स्थगित हुँदै आएको छ।

Ncell 2
Ncell 2

आदेश आउन समय लाग्ने भएको र अदालतमा मुद्दा लामो समयसम्म विचाराधीन भएको भन्दै सरकारी वकिलको कार्यालयले मिति तोकेर मिसिल मगाउन आदेश जारी हुनुपर्ने माग सोमबार गरेको थियो।

सोमबारको आदेशपछि यो मुद्दा कम्तीमा तीन महिना पछाडि धकेलिएको छ।

६ वर्षअघि नक्कली बिलमार्फत राजस्व छलेका व्यापारीले यो मुद्दा सारेर आफ्नो पक्षमा फैसला गराउने चलखेल गरिरहेका कारण सुनुवाइ सारिएको थियो। त्यसमा सरकारी निकायले जवाफ नपठादाँ थप लम्बिन पुगेको हो।

अब सर्वोच्चका अनुसार इजलासबट माग भएको मिसिल आएपछि मात्र सुनुवाइका लागि पेसमा जानेछ। फाइल आउन जति ढिलो भयो त्यति नै सुनुवाइ सर्ने मुद्दा फाँटका एक कर्मचारीले बताए।

यो मुद्दामा अब फैसला गर्न अन्तिम बहस फेरी हुनुपर्ने छ। त्यसअघि अदालतबाट मगाएका विवरण अदालतमा आउनु पर्नेछ।  

नक्कली भ्याट बिलमा मुछिएका व्यापारीहरू कानुनी छिद्र खोज्दै चलेखल गर्ने प्रयास गर्दै आएका थिए। सुरुमा उनीहरुले मुद्दालाई पेसीमा चढाउन रोक्न खोजेका थिए। तर लामो समय अदालतमा विचाराधीन भएकाले उनीहरु त्यसमा सफल हुन नसकेपछि मिसिल खोज्ने नयाँ रणनीति अख्तियार गरेका थिए।

२०६९ सालमा ७ अर्ब बराबर भ्याट छलीमा परेका करिब ३ सय कम्पनीले नक्कली भ्याट बिलमार्फत् राजस्व ठगेको खुलासा भएको थियो। त्यसपछि आरोपित व्यापारी र कम्पनीहरू सर्वोच्च अदालतको ढोकासम्म पुगेका थिए।

सर्वोच्च अदालतमा भाटभटेनी सुपर मार्केट, अरुण इन्टरकन्टिनेन्टल, शंकर अक्सिजन ग्यास प्रालि र महेश बानियाँको मुद्दामा बैशाख पहिलो साताबाट अन्तिम सुनुवाइ सुरु भएको थियो।

भाटभटेनीले ३७ वटा भन्दा धेरै फर्महरुबाट नक्कली बिल खरिद गरेको राजस्व विभागको अनुसन्धानमा पाइएको थियो भने चौधरी ग्रुपको अरुण इन्टरकन्टिनेन्टलले पनि दुई दर्जन फर्मबाट नक्कली बिल खरिद गरेको पाइएको सरकारी निकायको दाबी थियो। 

नक्कली बिल प्रकरणमा राजस्व न्यायाधिकरणले उनीहरूलाई दोषी ठहर गरे पनि उनीहरू त्यसविरुद्ध सर्वोच्च आएका थिए। व्यापारी पक्षका कानुन व्यवसायीको संख्या धेरै भएकाले यो मुद्दा केही समयदेखि सुनुवाइ लम्बिँदै आएको छ।

व्यापारीहरुले नक्कली बिलमार्फत छलेको राजश्वको न्यून मूल्य मात्र धरौटीमा राखेर मुद्दा लडिरहेकाले सके आफ्नो पक्षमा फैसला गराउने नसके पेसी सार्दै जाने रणनीति सुरुदेखि नै अख्तियार गरेका  कारण सर्वोच्चमा यस्ता मुद्दा वर्षौंसम्म  विचाराधीन रहँदै आएका छन्।

प्रकाशित मिति: मंगलबार, साउन २८, २०७६  ०५:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
महावीर पुनले रिसाएर मन्त्री पद छाडेको प्रधानमन्त्री कार्कीको दाबी
पाकिस्तानमा तिव्र आक्रमण , करिव दुई सय जनाको मृत्यु
संसद्‌मा पहिलोपटक प्रधानमन्त्रीको सम्बोधन, के भनिन् ? (पूर्णपाठ)
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
महावीर पुनले रिसाएर मन्त्री पद छाडेको प्रधानमन्त्री कार्कीको दाबी सोमबार, माघ १९, २०८२
पाकिस्तानमा तिव्र आक्रमण , करिव दुई सय जनाको मृत्यु सोमबार, माघ १९, २०८२
संसद्‌मा पहिलोपटक प्रधानमन्त्रीको सम्बोधन, के भनिन् ? (पूर्णपाठ) सोमबार, माघ १९, २०८२
नेप्से परिसूचकमा झिनो अङ्कको सुधार सोमबार, माघ १९, २०८२
राष्ट्रिय सभाको बैठकमा दुई प्रतिवेदन पेस सोमबार, माघ १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
एमालेका पूर्व राष्ट्रियसभा सदस्य नेकपामा प्रवेश आइतबार, माघ १८, २०८२
आज पनि सुनको भाउ तोलामा १३ हजार ४०० रुपैयाँ घट्यो सोमबार, माघ १९, २०८२
आज यी तीन प्रदेशमा हिमपातसहित हल्का वर्षाको सम्भावना आइतबार, माघ १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्