काठमाडौं – एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेट आउँदो फागुन १७ गतेदेखि चैत १ गतेसम्म हुने तय भएको छ।
इपीएलका प्रबन्ध निर्देशक आमिर अख्तरले चौथो संस्करणको प्रतियोगिता राम्रो बनाउन आफूहरु अहिलेदेखि नै तयारीमा लागेको जनाएका छन्। इपीएल व्यवस्थापनमा अन्तर्राष्ट्रिय अनुभवप्राप्त टिम हुने उनको भनाई छ।
गएको सिजन इपीएल मंसिर–पुसमा आयोजना गरिएको थियो। यसपटक खेल अझ राम्रो मौसममा गर्न सकियोस् भनेर मिति सारिएको आयोजकले जनाएका छन्।
इपीएलमा यसपटक सहभागी टोलीमा कम्तिमा एक खेलाडी टेस्ट राष्ट्रबाट हुनैपर्ने नियम रहेको छ। विश्व क्रिकेटका ठूला नाम रहेका ति खेलाडी ‘आइकोनिक खेलाडी’ को रुपमा हुनेछन्। प्रतियोगितामा ललितपुर प्याट्रियोट्स, पोखरा राइनोज, काठमाडौं किंग्स इलाभेन, भैरहवा ग्याडियटर्स, चितवन टाइगर्स र विराटनगर वारियर्स गरी ६ टोली हुने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।