चीन- उत्तरी चीनस्थित होहोटमा सन् २०१७ मा करिब २ लाख मानिसलाई गरिबीबाट मुक्त गरिएको स्थानीय अधिकारीहरूले जनाएका छन्। ती व्यक्तिलाई गरिबीको रेखाबाट माथि उठाउने काममा चीन सरकारले ठूलो लगानी गरेको पनि समाचारमा जनाइएको छ।
स्थानीय अधिकारीहरूले जनाएअनुसार सरकारले ती विभिन्न क्षेत्रमा १२.१ अर्ब युनान अर्थात १.९ अर्ब अमेरिकी डलर बराबरको आर्थिक कार्यक्रम लागू गरेर उनीहरूलाई गरिबीबाट मुक्त गरेको बताइएको छ। ठूलो रकम लगानी गरेको हुनाले गत वर्ष २ लाख व्यक्ति गरीबीको रेखाबाट माथि उठेको स्थानीय अधिकारीहरू बताउँछन्।
कैयौँ वर्षदेखि अत्यन्त नाजुक इलाकामा बस्दै अएका करिब ५० हजार व्यक्तिलाई स्थानीय सरकारको सहयोगमा गत वर्ष अन्यत्र सारिएको पनि बताइएको थियो। सरकारले सो क्षेत्रमा यस वर्ष अर्थात् सन् २०१८ मा पनि नागरिकको जीवनस्तर सुधारका कार्यक्रमहरू सञ्चालन गरी थप २ लाखलाई गरिबीबाट मुक्त गर्ने योजना बनाएको छ।रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।