इस्लामावाद- पाकिस्तानद्वारा प्रतिबन्धित संगठनका १५ जना कमाण्डरसहित दुई सय जना लडाकूले सरकार समक्ष आत्मसमर्पण गरेका छन्।
दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा उनीहरूले बिहीबार हतियार बुझाएर आत्मसमर्पण गरेको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन्। सरकारी अधिकारीहरूले जारी गरेको वक्तव्यका अनुसार लडाकूहरूले राज्यको मुलधारमा आफूहरू समाहित भएको घोषणा गरेका छन्।
तुर्बाटमा आयोजित विषेश समारोहमा उनीहरूले आत्मसमर्पणको घोषणा गरेको अधिकारीहरूले जनाएका छन्। समारोहमा बलुचिस्तानका मुख्यमन्त्री अब्दुल क्युडुस बिजेन्जो र दक्षिणी क्षेत्रका लेफ्टीनेन्ट जनरल असिम सालिम बाजवा पनि सहभागी भएका थिए।
आत्मसमर्पण गरेकाहरूलाई पाकिस्तानी झण्डा फहराउँदै मुख्यमन्त्री बिजेन्जोले मञ्चमै बोलाएर नगद र ल्यापटपसमेत वितरण गरेका थिए। यसअघि गत डिसेम्बर ९ तारिखका दिन पनि प्रतिबन्धित संगठनका १७ जना कमाण्डरसहित तीन सयभन्दा बढी लडाकूले सरकारी सुरक्षाकर्मी समक्ष आत्मसमर्पण गरेका थिए। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।