• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ११, २०८३ Wed, Oct 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

नेपाल बैंकमा १ अर्ब ३७ करोड घोटाला प्रकरण : सर्वोच्चले खारेज गर्‍यो मंगतुराम अग्रवालको रिट

लिलामको तयारी भइरहेको अर्बौंको सम्पत्ति के होला? 
64x64
नेपाल लाइभ सोमबार, साउन २७, २०७६  १४:२०
1140x725

काठमाडौं- नेपाल बैंकमा कमसल धितो राखी ऋण झिकेर एक अर्ब ३७ करोड रुपैयाँ बराबरको नोक्सान पुर्‍याएपछि दोषी ठहर भएका मंगतुराम अग्रवालले हालेको रिट सर्वोच्च अदालतले खारेज गर्ने फैसला सुनाएको छ।

आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र डम्बरबहादुर शाहीको इजलासले अग्रवाल र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दाबी नपुग्ने फैसला सुनाएको हो। अग्रवाल समूहको नाममा रहेको जग्गा लिलामी प्रक्रियामा गएपछि त्यसविरुद्ध दायर भएको रिटमा सर्वोच्चले फैसला सुनाएको हो।

इनरुवा सुनसरीमा रहेको दुई कित्ता जग्गा लिलामी गरी भ्रष्टाचार गरेको ऋण उठाउने तयारी ऋण असुली न्यायाधीकरणले गरेपछि उनीहरु सर्वाेच्च पुगेका थिए।

सर्वोच्चले मंगतुराम र अख्तियारको रिट खारेज गरेपछि उक्त प्रकरणमा दोषी ठहर भएका अर्का अभियुक्त कृष्णकुमार अग्रवालको रिट भने जारी हुने ठहर गरेको छ।

विराटनगरको प्रतिष्ठित व्यापारिक घराना ‘मंगतुराम अग्रवाल समूह’लाई विशेष अदालतले नेपाल बैंक ठगी प्रकरणमा २०६८ बैसाख ९ गते ६ व्यापारीसहितका कर्मचारीलाई जरिवाना र कैद सजाय सुनाएको थियो।

यस्तो थियो घटना
नेपाल बैंकबाट कमसल धितोमा अत्याधिक ऋण लिई भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालतले अग्रवालसहित ६ व्यापारी र बैंकका कर्मचारीलाई जरिवाना तथा कैद सजाय सुनाएको थियो।

कानुनी प्रक्रिया मिचेर उक्त समूहलाई ऋण दिने बैंकका तत्कालीन ४ कर्मचारीलाई पनि ६ महिनाको कैद सजाय सुनाइएको थियो। व्यापारीहरू सुबोधकुमार अग्रवाल, सुरेशकुमार अग्रवाल, कृष्णकुमार अग्रवाल, नारायण अग्रवाल, दामोदर अग्रवाल र मंगतुराम अग्रवाललाई एक वर्ष कैद सजाय र साँवा तथा ब्याज गरी एक अर्ब ३७ करोड ७१ लाख ८३ हजार रुपैयाँ बिगो भराउने विशेषको फैसला थियो।

उक्त निर्णयलाई चुनौती दिँदै अग्रवाल समूह २०७४ भदौ १६ मा सर्वोच्च पुगेको थियो। कृष्णकुमार र मगंतुराम दुवैले अलग-अलग रिट दायर गरेका थिए। उनीहरुको मुद्दामा सर्वोच्चको एकल इजलासबाट दुवै पटक अन्तरिम आदेश जारी भएपछि अख्तियारसमेत सर्वोच्च आइपुगेको थियो। अख्तियारले २०७४ असोज ४ मा सर्वोच्चमा अन्तरिम आदेश खारेज हुनुपर्ने भन्दै रिट हालेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

पहिलो पटक २०७४ भदौ १९ गते न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले अन्तरिम आदेश जारी गरेको थियो। आदेशपछि अग्रवाल समूहले मालपोत कार्यालयमा उक्त जग्गा बिक्रीका लागि निवेदन दिएकोले रोक्न आवश्यक नहुने भनिएको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सो कुराको जानकारी पाएलगत्तै सर्वोच्चमा अन्तरिम आदेश खारेजीको निवेदन दिएपछि उक्त प्रकरण रोकिएको थियो। अख्तियारको निवेदनमा सर्वोच्चको संयुक्त इजलासले यसअघि जारी भएको अन्तरिम आदेश खारेज गर्ने निर्णय सुनाएपछि रोकिएको हो।

विशेषको फैसलापछि अख्तियारले व्यापारिक घराना ‘मंगतुराम अग्रवाल समूह’को एक अर्ब ३७ करोड रुपैयाँ बराबरको सम्पत्ति रोक्का गरेको थियो।

२०७४ भदौ १९ गते सर्वोच्चका न्यायाधीश केसीको एकल इजलासले मालपोत कार्यालय सुनसरीले गरेको जग्गा रोक्काको निर्णय रोकेपछि अग्रवाल समूहको सम्पत्ति फुकुवा भएको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यस्तो छ विगत
यो समूह कुनै बेला विराटनगर क्षेत्रको प्रख्यात व्यापारिक घराना थियो।

बैंकका कर्मचारीसँगको मिलेमतोमा कमसल जग्गा धितो राख्ने तथा व्यापारिक प्रयोजनका लागि लिएको ऋण अर्कै प्रयोजनमा प्रयोग गर्ने गरेको फेला परेपछि यस समूहमाथि अनुसन्धान सुरु भएको थियो।

बैकलाई डुबाउने नियत राख्दै ऋण लिएको पाइएपछि अख्तियारले अग्रवाल समूहविरुद्ध एक अर्ब ३७ करोड ७१ लाख ८३ हजार २ सय ३१ रुपैयाँ ५४ पैसा भ्रष्टाचार भएको दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो।

विशेषले अख्तियारको दाबीलाई सदर गर्दै मंगतुराम सहितका व्यापारी र बैंक कर्मचारीबाट हिनामिनाको रकम असुल गरी (सावाँ ब्याजसहित) बैंकलाई भराउन र एक वर्ष कैद हुने फैसला सुनायो। फैसलाविरुद्ध अहिले सर्वोच्चमा अग्रवाल समूह र अख्तियारको दोहोरो पुनरावेदन फैसलाको क्रममा छ।

फैसला नहुँदै सम्पत्ति बिक्रीको विवाद
दुवै तर्फको मुद्दा सर्वोच्चमा विचाराधीन रहेको अवस्थामा जग्गा फुकुवा गर्न खोजेको अख्तियारको आरोप रहेको छ भने अग्रवाल समूहले सर्वोच्चबाट फैसला नभई सरकारले लिलामी गर्न लागेको दाबी गरेका छन्।

यहीबीच ऋण असुली न्यायाधीकरणमा परेको मुद्दामा तेस्रो पटकसम्म ताकेता गर्दासमेत ऋण भुक्तान नगरेको भन्दै एक अर्ब रुपैयाँभन्दा बढी सम्पत्ति लिलामीको सूचना जारी ग‍रिएको थियो। न्यायाधीकरणबाट सुनसरीको टंकी सिनवारीको कित्ता नम्बर १५० र १५२ लगायतको अचल सम्पत्ति लिलामी भएका थिए।

त्यसपछि अग्रवाल समूहले तत्कालका लागि ५० लाख रुपैयाँ तिरेर बाँकी दुई महिनाभित्र चुक्ता गर्ने ‘नेगोसिएसन’पछि पुनः न्यायाधीकरणबाट बैंक कारबाही रोकिएको थियो।

तीन पटकसम्म भाका दिँदासमेत रकम चुक्ता नभएपछि न्यायाधीकरणले फेरि अर्कोपल्ट धितो लिलामको सूचना जारी ग‍रेको थियो। न्यायाधीकरणको निर्णयविरुद्ध अग्रवाल समूहले उच्च अदालत विराटनगरमा रिट दायर गरेको थियो।

उच्चबाट उक्त रिटसमेत खारेज भइसकेको अवस्थामा सर्वोच्चमा सबै तथ्य गुमराहमा राखेर अन्तरिम लिएको अख्तियारको तर्कपछि सर्वोच्चले अन्तरिम खारेज गर्दै भ्रष्टाचारको मुद्दा किनारा नभई रोक्का सम्पत्ति खोल्न नमिल्ने आदेश गरेको थियो।

प्रकाशित मिति: सोमबार, साउन २७, २०७६  १४:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पर्यटक भिषामा आइ क्रिश्चियन मिशनका लागि स्वास्थ्य सिविर सञ्चालन गर्ने दश जना विदेशी नागरिक पक्राउ
सुदूरपश्चिमले पोखराविरुद्ध पहिले बलिङ गर्ने
अर्नब चक्रवातको असर: भारतमा तीन जनाको मृत्यु, ३१ घरमा क्षति
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
पर्यटक भिषामा आइ क्रिश्चियन मिशनका लागि स्वास्थ्य सिविर सञ्चालन गर्ने दश जना विदेशी नागरिक पक्राउ बुधबार, कात्तिक ११, २०८३
सुदूरपश्चिमले पोखराविरुद्ध पहिले बलिङ गर्ने बुधबार, कात्तिक ११, २०८३
अर्नब चक्रवातको असर: भारतमा तीन जनाको मृत्यु, ३१ घरमा क्षति बुधबार, कात्तिक ११, २०८३
प्रहरीको ‘स्वीप अपरेसन’ : ९२ जना पक्राउ बुधबार, कात्तिक ११, २०८३
ग्यास किन्दा बिल अनिवार्य, निगमको निर्णय कार्यान्वयन गर्न व्यवसायीलाई आग्रह बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लुम्बिनीका सभामुख घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा बुधबार, कात्तिक ११, २०८३
‘अर्णब चक्रवात’ कमजोर हुँदै नेपालतर्फ, नेपालमा जोखिम मंगलबार, कात्तिक १०, २०८३
पशु, बाख्रा र गुदरी हाटबजारको राजस्व हिनामिना गरेपछि... मंगलबार, कात्तिक १०, २०८३
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’ मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्