• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, वैशाख ८, २०८३ Tue, Apr 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

नेपालमा पास तर विदेशमा मेडिकल फेल भएका २२ हजार कामदारको उजुरी, सरकारको बेवास्ता

नेपालमा मेडिकल पास भएका कामदार विदेशमा किन हुन्छन् फेल?
64x64
नेपाल लाइभ आइतबार, साउन २६, २०७६  २१:३४
1140x725

काठमाडौं- पर्फेक्ट डाइगोनिस्टिक सेन्टर प्रालिमा २०७१ सालमा स्वास्थ्य परीक्षण गराई रोजगारीका लागि कतार पुगेका रुद्रनारायण यादव (राहदानी नम्बर- २६८९८६६) को कतारमा पुगेर पुनः स्वास्थ्य जाँच गर्दा मेडिकल रिपोर्ट नेगेटिभ (फेल) आयो। उनी कतारस्थित विमानस्थलबाटै फिर्ता भए।

मेडिकल फेल भएर कतारबाट फिर्ता आएका यादवले क्षतिपूर्तिको माग गर्दै प्रगतिशील स्वास्थ्य व्यवसायी संघमा उजुरी दिए। तर, उजुरी दिएको ५ वर्ष बितिसक्दा पनि यादवले क्षतिपूर्ति पाउन सकेका छैनन्।

यादव म्यानपावर कम्पनी सान नेपाल प्रालिमार्फत कतारको तड्मुर रुफ्स कम्पनीमा मजदुरी (लेवर) गर्नका लागि श्रम स्विकृति लिएर १५ डिसेम्बर २०१३ मा उडेका थिए।

त्यस्तै, २०७२ मा रोजगारीका लागि मलेसिया पुगेका रामप्रकाश थारु (राहदानी नम्बर- ०७७५४०४७)को समस्या पनि उस्तै छ। नेपालबाट सबै प्रक्रिया पूरा भइसकेपछि मलेसियाका लागि २१ अप्रिल २०१५ मा उडेका थारु पनि यादवजस्तै गरी क्वालम्पुरस्थित विमानस्थलबाटै फर्काइए।

थारुले मध्यपश्चिम पोलिक्लिनिक प्रालिमार्फत स्वास्थ्य परीक्षण गराउँदा उनको मेडिकल रिपोर्ट पोजेटिभ (पास) आएको थियो। थारु मलेसियाको माइब्रस इन्डस्ट्रिज कम्पनीमा अपरेटरको पदमा काम गर्न त्यहाँ पुगेका थिए।

यादव र थारुजस्तै यहाँबाट सम्पूर्ण प्रक्रिया पूरा गरी गन्तव्य मुलुक पुगी त्यहाँ पुनः स्वास्थ्य परीक्षण गराउँदा फेल भई फर्किएका २ सय ४४ जना युवाहरुले क्षतिपूर्तिको माग गर्दै प्रगतिशील स्वास्थ्य व्यवसायी मञ्चमा उजुरी दिएका छन्।

क्षतिपूर्तिका लागि २२ हजारभन्दा बढीको उजुरी
स्वास्थ्य व्यवसायी महासंघमा भने गन्तव्य मुलुक पुगेर स्वदेश फर्किएर क्षतिपूर्ति नपाएका युवाहरुको संख्या २२ हजारभन्दा बढी रहेको प्रगतिशील स्वास्थ्य व्यवसायी मञ्चका प्रवक्ता खिमराज अधिकारीले नेपाल लाइभलाई जानकारी दिए।

धेरै युवाहरु मेडिकल फेल भएर फर्किएका छन्। तर, उनीहरुले वर्षौंदेखि क्षतिपूर्ति पाउन सकेका छैनन्।

nimb
nimb
Ncell 2
Ncell 2

यस सम्बन्धमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाल स्वास्थ्य व्यवसायी महासंघलाई वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने अन्य स्वास्थ्य संस्थाहरुले जारी गर्ने रिपोर्टमा होलोग्राम स्टिकर टाँस्न पाउने गरी अधिकार उपलब्ध गराएको छ।

उक्त होलोग्रामको स्टिकर टाँसेर वैदेशिक रोजगारीमा गएका कामदार स्वास्थ्य समस्याका कारण फर्किएमा प्रतिव्यक्ति ४० हजार रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने सरकारले सर्त राखेको छ। सोही सर्तअनुसार हजारौँ संख्यामा कामदारहरुले क्षतिपूर्तिका लागि निवेदन दिए पनि महासंघबाट क्षतिपूर्ति पाउन सकेका छैनन्।

श्रमिकहरुको हकहितको कुरा गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले पनि यस्ता खालका पीडित युवाहरुलाई क्षतिपूर्ति उपलब्ध गराउन केही पहल नगरेको प्रगतिशील स्वास्थ्य व्यवसायी मञ्चका प्रवक्ता अधिकारीले आरोप लगाए।

२०७५ बैसाख २१ गते मञ्चले श्रममन्त्रीलाई सम्बोधन गर्दैै पीडित युवाहरुलाई क्षतिपूर्ति दिलाइ पाऊँ भन्दै पत्राचार गरिसकेको जनाएको छ।

के भन्छ मन्त्रालय?
श्रम मन्त्रालयका सहसचिव तथा प्रवक्ता डा नारायण रेग्मीले यस्ता पीडित पक्षलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारले पनि पहल गर्ने बताए।

‘सरकार आफैँले यस्ता पीडितहरुलाई क्षतिपूर्ति त दिँदैन, तर यस्ता पीडितहरुको उजुरी आएमा हामी छानबीन गरेर सम्बन्धित स्वास्थ्य संस्थाबाट क्षतिपूर्ति उपलब्ध गराउन पहल गर्छौैँ। स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा लापरबाही गर्दै झुटो मेडिकल रिपोर्ट तयार पार्ने स्वास्थ्य संस्थालाई पनि कारबाही गर्छौं,’ प्रवक्ता रेग्मीले भने।

तर, मञ्च भने सरकारको यो जवाफलाई मान्न तयार छैनन्। पटक-पटक सरकारसामु यस विषयमा कुरा उठाउँदा पनि सरकारले अहिलेसम्म कुनै चासो नदिएको मञ्चको आरोप छ।

क्षतिपूर्तिका लागि के छ कानुनी प्रावधान?
वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने, स्वास्थ्य संस्था सूचीकरण, नविकरण तथा अनुगमन कार्यविधि २०७२ (दोस्रो संसोधन २०७५) को परिच्छेद-५ मा नेपालमा स्वास्थ्य परीक्षण गरेर वैदेशिक रोजगारीमा पुगी फिर्ता भएका कामदारहरुको क्षतिपूर्तिका लागि विशेषज्ञ समितिले निर्क्योल गर्ने व्यवस्था छ। समितिले कामदारका तर्फबाट परेका उजुरीमाथि छानबीन गरी आवश्यक निर्णय दिने व्यवस्था छ।

यस्तो छ उजुरी उपरको छानबीनको व्यवस्थाः

(१) विशेषज्ञ समितिको बैठक सामान्यतया हप्ताको एकपटक बस्नेछ।

(२) नियमावलीको नियम ४६ 'ख' बमोजिम वैदेशिक रोजगारमा जाँदा र फिर्ता हुँदा लागेको खर्च भराई पाउनको लागि परेको निवेदनमाथि छानबिन गर्न सचिवालयले विशेषज्ञ समितिको बैठकमा प्रस्ताव पेस गर्नेछ।

(३) विशेषज्ञ समितिले आफैँ वा विशेषज्ञको उपसमितिबाट आवश्यक छानबीन गरी ऐनको दफा ७२ को उपदफा २ बमोजिम वैदेशिक रोजगारीमा गएको व्यक्तिलाई जानीजानी वा लापरबाहीपूर्वक वा बदनियतसाथ गलत स्वास्थ्य परीक्षण प्रतिवेदन दिएको हो-होइन भन्ने सम्बन्धमा निवेदन परेको मितिले १० दिनभित्र निर्णय गर्नेछ।

(४) उपदफा ३ बमोजिम विशेषज्ञ समितिले वैदेशिक रोजगारीमा गएको व्यक्तिलाई विदेश जाँदा र फिर्ता हुँदा लागेको खर्च भराई दिने निर्णय गरेमा सो निर्णय भएको मितिले १५ दिनभित्र सो खर्च सम्बन्धित स्वास्थ्य परीक्षण प्रतिवेदन जारी गर्ने संस्थाबाट भराई दिन लेखी पठाउनेछ।

(५) उपदफा ४ बमोजिम लेखी आएकोमा सम्बन्धित स्वास्थ्य संस्थाले ७ दिनभित्र उक्त रकम भराई नदिएमा विशेषज्ञ समितिको सिफारिसमा सो संस्थाको सूचीकरण हटाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा लेखी पठाइनेछ।

पीडित कामदारले उजुरी दिएअनुसार आवश्यक छानबीन गरी क्षतिपूर्ति पाउनसक्ने कानुनी व्यवस्था भए पनि सरकारले पीडित पक्षलाई आवश्यक क्षतिपूर्ति र सम्बन्धित स्वास्थ्य संस्थाको छानबीन गर्न तदारुकता देखाएको छैन।

मञ्चले पीडितहरुलाई क्षतिपूर्तिका लागि पहल गरिदिन माग राख्दै पत्राचार गरेको १५ महिना बितपसक्दा पनि सरकारले पीडित पक्षलाई क्षतिपूर्ति उपलब्ध गराएको छैन।

कुन-कुन मेडिकल संस्थाबाट स्वास्थ्य परीक्षण गरी गएका कामदार फर्काइए?
वैदेशिक रोजगारीमा पुगेर स्वास्थ्य परीक्षणमा फेल भई फर्किएर मञ्चमा उजुरी दिएका कामदारहरु मध्ये सबैभन्दा बढी मलेसियाबाट फर्किएका छन्।

कतार, युएई, साउदी अरबलगायत मुलुकबाट केही संख्यामा मात्रै फर्किएका छन्। यसमा आर्थिक वर्ष २०७१/०७२ मा स्वास्थ्य समस्याका कारण फर्किएर क्षतिपूर्तिका लागि उजुरी दिने युवाहरुको संख्या बढी छ। मलेसियामा रोजगारीका लागि गएका र स्वास्थ्य समस्याका कारण फर्किने युवाहरुको संख्या पहिलेको तुलनामा अहिले भने घटेको मेडिकल व्यवसायीहरु बताउँछन्।

मञ्चमा परेका उजुरी हेर्दा वल्र्ड वाइड मेडिकल सेन्टरका विरुद्ध सबैभन्दा बढी उजुरी परेको छ। स्वास्थ्य परीक्षण गराएर रोजगारीका लागि मलेसिया पुगी फर्काइएका २२ जना युवाहरुले वल्र्ड वाइडका विरुद्ध उजुरी गरेका छन्।

अकवर मेडिकल सेन्टर प्रालिबाट मलेसिया गएका २० र कतार गएका ३ जना स्वास्थ्य समस्याका कारण फर्किएका छन्।

त्यस्तै, जलविनायक पोलिक्लिनिक एन्ड मेडिकल सेन्टरबाट मलेसिया गएका १६ जना युवाहरु स्वास्थ्य समस्याका कारण फर्काइएका छन्। एचआर डाइग्नोष्टिक प्रालिमार्फत मलेसिया पुगेका १३ जना र रिजा पोलिक्लिनिकबाट मलेसिया नै गएका १० जना युवाहरु फर्काइएका छन्।

त्यस्तै, रिलायन्स हेल्थ केयर सेन्टर, सिद्धकाली मेडिकल सेन्टर, बसुन्धरा पोलिक्लिनिक प्रालि, मध्यपश्चिम पोलिक्लिनिक प्रालि, सुनगाभा पोलिक्लिनिक प्रालि, टपनिङ मेडिकल सेन्टर प्रालि, रिभाइभ पोलिक्लिनिक प्रालि, नोजोमी पोलिक्लिनिक प्रालि, युनिभर्सल डाइग्नोष्टिक प्रालि, ग्रिन मेडिकल सेन्टर प्रालि, ढोरपाटन सेन्टर प्रालि, सुनसरी डाइग्नोष्टिक प्रालि, गुरुदेव मेडिकल सेन्टर प्रालि, रिमाइन्ड पोलिक्लिनिक प्रालि, फ्रेन्डसिप हेल्थकेयर सेन्टर प्रालिविरुद्ध पनि उजुरी परेको छ।

माथि उल्लेखित मेडिकल सेन्टरहरु मञ्चमा दिएको उजुरीका आधारमा मात्रै उल्लेख गरिएको हो। उजुरीबाहेक पनि अन्य धेरै स्वास्थ्य संस्थाहरुबाट विदेश पुगेकाहरु पनि फर्किन बाध्य भएका बताइन्छ।

नेपालमा मेडिकल पास भएका कामदारको परीक्षण विदेशमा किन हुन्छ फेल?
कामदारहरुको मेडिकल समस्या हुँदाहुँदै पनि झुटो रिपोर्ट निकाल्ने र सेटिङमा कामदारहरु पठाउँदा यस्तो समस्या सिर्जना भएको स्वयम् मेडिकल व्यवसायीहरु नै बताउाछन्। यसकारण नेपालमा पास भइए पनि विदेशमा जाँच गराउँदा भने धेरै कामदारको रिपोर्ट फेल आउने गरेको हो।

‘कतिपय मेडिकल व्यवसायीहरुले कामदारहरुको स्वास्थ्यमा समस्या देखिए पनि नक्कली रिपोर्ट बनाएर पठाउने हुँदा नेपालमा मेडिकल पास र विदेशमा पुगेपछि फेल भएर कामदार फर्काइने समस्या देखिएको छ,’ मेडिकल व्यवसायी तथा प्रगतिशील स्वास्थ्य व्यवसायी मञ्चका प्रवक्ता खिमराज अधिकारीले भने।

तर, कतिपय मेडिकल व्यवसायीहरु भने हावापानीअनुसार पनि उनीहरुको स्वास्थ्य अवस्थामा परिवर्तन हुने र मेडिकल फेल हुने दाबी गर्छन्।

प्रकाशित मिति: आइतबार, साउन २६, २०७६  २१:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अर्थमन्त्री डा वाग्ले र सबै मन्त्री तथा सचिवहरुबीच छलफल
पहिलो खेलमा नेपाल यूएईसँग ६ विकेटले पराजित
त्रिभुवन विमानस्थलको उडान समय घटाइयो
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
अर्थमन्त्री डा वाग्ले र सबै मन्त्री तथा सचिवहरुबीच छलफल सोमबार, वैशाख ७, २०८३
पहिलो खेलमा नेपाल यूएईसँग ६ विकेटले पराजित सोमबार, वैशाख ७, २०८३
त्रिभुवन विमानस्थलको उडान समय घटाइयो सोमबार, वैशाख ७, २०८३
यी हुन् रास्वपाका १६ सचिवालय सदस्य (सूचीसहित) सोमबार, वैशाख ७, २०८३
शैक्षिक संस्थाबाट दलीय संगठन हटाउन प्रधानमन्त्री शाहको कडा निर्देशन सोमबार, वैशाख ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पदाधिकारी मनोनयनसहित रास्वपा केन्द्रीय समिति बैठकको नौ बुँदे कार्यसूची सार्वजनिक आइतबार, वैशाख ६, २०८३
सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकनमा जाने देउवा पक्षको तयारी आइतबार, वैशाख ६, २०८३
विवादमा परेपछि गृहमन्त्री गुरुङले दिए स्पष्टीकरण सोमबार, वैशाख ७, २०८३
जापानमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी सोमबार, वैशाख ७, २०८३
यी हुन् रास्वपाका १६ सचिवालय सदस्य (सूचीसहित) सोमबार, वैशाख ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
सरकारको सर्वोच्चलाई जवाफ: स्थानीय तहलाई गैरदलीय बनाउने कुरा संविधानसँग मिल्दैन सोमबार, चैत ३०, २०८२
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शनिबार, वैशाख ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्