• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, चैत ३०, २०८२ Mon, Apr 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

राष्ट्रिय टिमले जितेर मात्र नेपाली क्रिकेट उँभो लाग्न सक्दैन : पारस खड्का [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ शुक्रबार, माघ १२, २०७४  ०५:५९
1140x725

काठमाडौं– आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ प्रतियोगिताको तयारीका लागि नेपाली क्रिकेट टिम शनिबार दुबई प्रस्थान गर्दै छ। दुबईमा एक साता तयारी गरेपछि नेपाल डिभिजन–२ खेल्न नामिबिया जानेछ। डिभिजन–२ मा नेपाल र नामिबियासहित यूएई, केन्या, क्यानडा र ओमानले प्रतिस्पर्धा गर्दै छन्। नेपालले पहिलो खेल माघ २५ गते आयोजक नामिबियासँग खेल्नेछ। डिभिजन–२ को शीर्ष २ भित्र पर्ने सके नेपालले एकदिवसीय विश्वकप छनोट र इन्टरकन्टिनेन्टल कप खेल्ने अवसर पाउनेछ। यस्तै, एकदिवसीय टिमको मान्यताको समेत ढोका खुल्ने भएकाले डिभिजन–२ लाई महत्वपूर्ण प्रतियोगिताका रुपमा हेरिएको छ।

डिभिजन–२ का लागि नेपालको तयारी लगायतका विषयमा कप्तान पारस खड्कासँग नेपाल लाइभका सीताराम कोइरालाले गरेको कुराकानी:

आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ का लागि नेपालको तयारी कस्तो भइरहेको छ?

तयारी अन्तिम अवस्थामा पुगेको छ। एक साता अभ्यासका लागि शनिबार दुबई जाँदै छौं। त्यहाँ तीन अभ्यास खेल खेलेर नामिबिया प्रस्थान गर्छौं।

एभरेस्ट प्रिमियर लिगदेखि नै निरन्तर रुपमा क्रिकेट खेलिरहेका थियौं। फर्म्याट फरक भए पनि खेलाडीहरु क्रिकेटमै केन्द्रित थिए। क्याम्प राखेदेखि नामिबियाको अवस्थालाई लक्षित गरेर तयारी गरेका छौं।

टिममा युवा खेलाडीले मौका पाएका छन्। यी खेलाडीबाट कस्तो अपेक्षा छ?

४–५ जना खेलाडी बाहेक टिममा रहेका सबै खेलाडी युवा नै छन्। यू–१९ टिमबाट खेलाडीहरु राम्रो खेल देखाएर टिममा परेका हुन्। अब उनीहरुले आफ्नो क्षमतालाई कसरी मैदानमा देखाउने भन्ने महत्वपूर्ण छ।

अन्तर्राष्ट्रिय क्रिकेटमा युवा मात्र होइन, सबै खेलाडीले दबाब झेलेर खेल्न सक्नुपर्छ। हामी मनोवैज्ञानिक रुपमा बलियो हुने हो, राम्रो हुन्छ। युवा र अनुभवी खेलाडीको समिश्रणले टिममा थप ऊर्जा थपिएको छ।

nimb
nimb
Ncell 2
Ncell 2

डब्लुसिएल च्याम्पियनसिपमा नेपालको समस्या ब्याटिङ युनिटमा बढी देखिएको थियो। अब डिभिजन–२ मा ओपनिङ र ब्याटिङलाई सुधार गर्ने योजना के छ? 

डब्लुसिएल च्याम्पियनसिपको फर्म्याट नै वर्षमा केही खेल मात्र हुने थियो। ६–६ महिनामा खेल्दा हामीले निरन्तर एकै स्तरको प्रदर्शन गर्ने खेलाडीलाई ओपनिङमा पाउन सकेनौं। क्याम्पमा गरेको प्रदर्शनका आधारमा ओपनिङमा मौका दिएका थियौं। ब्याटिङमा पनि त्यस्तै भयो। पछिल्ला खेलको विश्लेषण गर्ने हो भने पनि जुन खेलमा नेपालले ब्याटिङ राम्रो गरेको छ, त्यो खेलमा जित हात पारेको छ।

यस पटक पनि हामीलाई ब्याटिङमा राम्रो प्रदर्शन गर्ने चुनौती छ। नामिबियामा पछिल्लो पटक हामीले सन् २०१५ मा खेलेका थियौं। त्यहाँ राम्रो खेलेर नै हामीले डब्लुसिएल च्याम्पियनसिपमा खेल्न पाएका हौं। अब फेरि हामीसँग अर्को अवसर आएको छ।

अर्कोतर्फ, हामीले ब्याटिङलाई मात्र बढी प्रेसर नदिएर बलिङ र फिल्डिङमा पनि राम्रो गर्नुपर्छ। बलियो पक्षलाई अझ बलियो बनाउनुपर्छ। कमजोर मानिएको ब्याटिङ सुधार गर्न खेलाडीहरुले चाहिएको बेला प्रदर्शन गर्न सक्नुपर्छ।

नामिबियाको विकेट तीव्र बलरका लागि राम्रो मानिएको छ। हामी यसका लागि कत्तिको तयार छौं?

नामिबियामा तीव्र गतिका बलरलाई राम्रो हुन्छ भनिएको छ। गत संस्करणको डिभिजन–२ मा पनि त्यही भनिएको थियो। तर, स्पिनरले पनि महत्वपूर्ण भूमिका खेलेका थिए। जितको आधार सबै टिमको समन्वय हो। बलिङ युनिटका लागि हामीले राम्रो रणनीति बनाउनेछौं। हामीबारे ‍प्रतिस्पर्धी र प्रतिस्पर्धीबारे हामीलाई राम्रोसँग थाहा छ। त्यसैले तीव्र बलिङदेखि सबै क्षेत्रमा राम्रो रणनीति बनाएर मैदानमा लागू गर्ने हो भने हाम्रो पक्षमा नतिजा ल्याउन सक्छौं।

ब्याटिङ कन्सल्ट्यान्टको रुपमा भारतका सुलक्षण कुलकर्णी आउनुभएको छ। उहाँबाट के अपेक्षा छ?

उहाँ अनुभवी प्रशिक्षक हुनुहुन्छ। उहाँको बलियो पक्ष राम्रो रणनीति बनाउन सक्नु हो। टिम कम्बिनेसन कस्तो बनाउनेदेखि खेल भइरहेको बेला फिल्ड सेटिङ कसरी गर्ने विषयमा छलफल भइरहेको छ। सुरुवाती दिनका छलफलबाट उहाँको क्रिकेट ज्ञान धेरै भएको थाहा पाएको छु। उहाँले भारतको रणजी टिमको व्यवस्थापन हेरिसक्नुभएकाले खेलाडीलाई राम्रो वातावरणमा आफूले चाहे अनुसार खेल्नका लागि स्वतन्त्रता दिने विषयमा कुरा भएको छ। खेलाडीले त्यो स्वतन्त्रतालाई सही सदुपयोग गर्नेमा आसावादी छु।

डिभिजन–२ का अन्य पाँच टिमले राम्रो तयारी गरिरहेका छन्। राम्रा टिमसँग अभ्यास खेल खेलिरहेका छन्। अन्य टिमको तुलनामा नेपालको तयारी कमजोर भइरहेको हो?

कसले कस्तो तयारी गर्‍यो भन्नु भन्दा पनि नतिजा कस्तो आउँछ, त्यो महत्वपूर्ण हुन्छ। धैरै अभ्यास गर्दैमा राम्रो नतिजा आउँछ भन्ने पनि होइन। हामीले न्यूनतम स्रोत-साधनलाई अधिकतम उपयोग गरेर तयारी गरिरहेका छौं। सबै खेलाडीमा जिम्मेवारीबोध छ। हामीलाई खेल्ने अवसर दिइएको छ। त्यसलाई हामीले सक्दो सदुपयोग गरेर नेपाली क्रिकेटलाई माथि पुर्‍याउन कोसिस गर्ने हो।

नामिबियामा यसअघि खेलिसकेकाले त्यहाँको कन्डिसनबारे पनि हामी जानकार छौं। नामिबियाको कन्डिसनमा भिज्न कस्ता योजना बनाइएको छ?

हामीले डिभिजन–२ हुने तीन वटै मैदानमा खेलिसकेका छौं। तीन वटै मैदान फरक–फरक कन्डिसनका छन्। त्यहाँ नखेलेका खेलाडीलाई मैदानबारे जानकारी दिएका छौं। कुनै मैदानमा एक्स्ट्रा बाउन्स हुनसक्छ भने कुनै मैदान फ्ल्याट छ। हामीले अनुभव एक-आपसमा सेयर गरेका छौं। पहिलेको अनुभव अनुसार योजना बनाएर मैदानमा लागू गर्न सक्यौं भने राम्रो हुन्छ। पछिल्लो पटक हामीले राम्रो योजना बनाएका थियौं, त्यही अनुरुप खेल्न सकेका थियौं। यस पटक पनि त्यस्तै नतिजा ल्याउन सक्नेमा आसावादी छौं।

घरेलु क्रिकेटमा ५० ओभरका प्रतियोगिता हुन सकिरहेका छैनन्। टी–२० प्रतियोगिताबाट खेलाडी छनोट गर्दै ५० ओभरको प्रतिस्पर्धमा भाग लिनुपर्दा खेलाडीको प्रदर्शनमा कस्तो असर पर्छ?

हामीले पूरै क्रिकेटको संचरनाबारे नै सोच्नुपर्ने अवस्था छ। प्रतियोगितालाई लक्षित गरेर मात्र यस्तो भयो, उस्तो भयो भनिन्छ। तर, समग्र क्रिकेटलाई हेर्ने हो भने पहिलेदेखि नै वर्षमा एउटा घरेलु राष्ट्रिय प्रतियोगिता हुने गर्थ्यो। त्यसकै आधारमा क्रिकेट चलेको थियो। अहिले संघ नहुँदा पनि टी–२० फर्म्याटका प्रतियोगिताहरु भइरहेका छन्। त्यसैले हामीले क्याम्पमा बढी केन्द्रित भएर उत्कृष्ट खेलाडी छान्नुपर्ने अवस्था छ। ५० ओभरको म्याच भएन भन्नुभन्दा न्यूनतम स्रोतलाई अधिकतम उपयोग गरेर राम्रो खेल्नेबारे सोच्नुपर्छ। 

डिभिजन–२ लाई नेपाली क्रिकेटको भविष्यसँग जोडिएको प्रतियोगिता मानिन्छ । समस्याबाट ग्रुजिरहेको अवस्थामा माथि उठ्न कतिको चुनौती देख्नुभएको छ?

विश्व क्रिकेट लिगको वरियताले मात्र नेपाली क्रिकेटको भविष्य राम्रो हुने होइन। जब हामीले आइसिसीको सदस्यता पायौं, त्यो बेलादेखि अहिलेसम्म क्रिकेटको संरचनामा खासै केही परिवर्तन आएको छैन। त्यसैले हामीले यही प्रतियोगितालाई नेपाली क्रिकेटको भविष्य भनेर सोच्नु हुन्न। आउने ५ वर्ष वा १० वर्षमा कस्तो संरचना र वातावरण बनाउने भन्नेमा ध्यानु दिनुपर्छ। हामी राष्ट्रिय टिमको जितमा मात्र केन्द्रित भइरहेका छौं। राष्ट्रिय टिमले जितेपछि हामीले नेपाली क्रिकेट अघि बढ्यो भन्यौं। तर, हामीले खेलाडी उत्पादन र संरचनामा ध्यान दिएनौं। विगत ७–८ वर्षमा ३०–३५ जनाभन्दा बढी खेलाडी राष्ट्रिय टिमबाट खेलेकै छैनन्। अर्कोतर्फ, घरेलु प्रतियोगिता पनि आयोजना भइरहेका छैनन्। नेपाली क्रिकेटको भविष्यलाई सोच्ने हो भने संरचना कसरी बलियो बनाउने भन्ने कुरामा ध्यान दिनुपर्छ। त्यसपछि मात्र हामी माथिल्लो स्थानमा पुग्न सक्छौं। 

डिभिजन-२ मा हाम्रो लक्ष्य के हो?  लक्ष्य प्राप्त गर्न कस्ता चुनौती छन्?

हामीले पहिलो खेल आयोजकसँग खेल्दै छौं। पहिलो खेलमा आयोजक नर्भस हुन्छन् जस्तो लाग्छ। त्यसको फाइदा हामी उठाउन सक्छौं। नामिबियालाई पहिलो खेलमा हराउन सक्यौं भने राम्रो सुरुवात गर्न सक्नेछौं।

महत्वपूर्ण कुरा, हामीले राम्रो क्रिकेट खेन्नुपर्छ। कन्डिसन र खेलाडीभन्दा पनि टिमको कस्तो तयारी र जितको भोक कत्तिको छ भन्ने महत्वपूर्ण हुन्छ। हामीले क्रिकेट प्रतियोगिताको महत्त्व राम्रोसँग बुझेकाले प्रतिबद्धतासहित मैदानमा उत्रनुपर्छ। जित–हार एक ठाउँमा छ, मैदानभित्र छिरेपछि हामीले शतप्रतिशत खेल्नेछौं। सबै खेलाडीले शतप्रतिशत खेल्छन् भने जित पनि हाम्रै हुनेछ। हाम्रो लक्ष्य भनेको अवश्य पनि डिभिजन–२ जित्ने हो। 
 

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०७४  ०५:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ओर्बन युगको अन्त्य, हङ्गेरीमा नयाँ मोड
५० भन्दाबढी अमेरिकी गुप्तचर पक्राउ परेको इरानकाे दाबी
मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्तिको स्रोत खुलाउन हर्क साम्पाङको माग
सम्बन्धित सामग्री
९१ लाख ९० हजार ठगी गरेको अभियोगमा दुई जना पक्राउ काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको टोलीले बुल्गेरिया पठाउने प्रलोभनमा पारेर उक्त रकम ठगेको अभियोगमा सल्ल्यान... शनिबार, चैत २८, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बुधबार राति अपरिचित युवकले ति महिलाको टाउकोको पछाडिबाट हतियार प्रहार गरेको स्थानीय प्रत्यक्षदर्शीले जनाएका छन्। बिहीबार, चैत २६, २०८२
नागरिकका समस्या र गुनासा सम्बोधन गर्न आईजीपी कार्कीको निर्देशन प्रहरी प्रधान कार्यालयबाट बुधबा ‘भर्चुअल’ सम्बोधन गर्दै महानिरीक्षक कार्कीले नागरिकको अपेक्षा अनुरूप सेवा प्रवाहलाई उच्च प्राथमिकताम... बुधबार, चैत २५, २०८२
ताजा समाचारसबै
ओर्बन युगको अन्त्य, हङ्गेरीमा नयाँ मोड सोमबार, चैत ३०, २०८२
५० भन्दाबढी अमेरिकी गुप्तचर पक्राउ परेको इरानकाे दाबी सोमबार, चैत ३०, २०८२
मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्तिको स्रोत खुलाउन हर्क साम्पाङको माग सोमबार, चैत ३०, २०८२
मन्त्रीहरुले सार्वजनिक गरेको सम्पत्ति विवरणले राज्यको कानुन आकर्षित गर्छ : मोहन श्रेष्ठ सोमबार, चैत ३०, २०८२
कोशी, बागमती र गण्डकीका हिमाली भू-भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना सोमबार, चैत ३०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ? आइतबार, चैत २९, २०८२
कानुनमन्त्री सोविता गौतमसँग कति छ सम्पत्ति ? आइतबार, चैत २९, २०८२
मन्त्री सीता वादीको सम्पत्ति : २० वटा कुखुरा र एउटा कुकुर आइतबार, चैत २९, २०८२
शिक्षामन्त्री पोखरेलसँग २४ करोड बढीको सम्पत्ति, करोडौँका घरजग्गा आइतबार, चैत २९, २०८२
अमेरिकाको अत्यधिक मागका कारण वार्ता निष्कर्षमा पुग्न नसकेको इरानको दाबी आइतबार, चैत २९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्