जोहनेसवर्ग– भारत विरुद्धको तेस्रो तथा अन्तिम टेस्टको पहिलो इनिङमा घरेलु टिम दक्षिण अफ्रिकाले ७ रनको अग्रता लिएको छ। दक्षिण अफ्रिका पहिलो इनिङमा १ सय ९४ रनमा अलआउट भएको हो। यसअघि पहिले ब्याटिङ गरेको भारत पहिलो इनिङमा १ सय ८७ रनमा अलआउट भएको थियो।
पहिलो इनिङमा दक्षिण अफ्रिकाका लागि हसिम अम्लाले सर्वाधिक ६० रनको योगदान दिए। भेर्नान फिलान्डरले ३५ र कागिसो राबाडाले ३० रन जोडे। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
बलिङतर्फ भारतका जसप्रित बुमराहले ५ विकेट लिए। भुवनेश्वर कुमारले ३ विकेट हात पार्दा इशान्त शर्मा र मोहमद सामीले १–१ विकेट हात पारे।
भारतका लागि कप्तान विराट कोहलीले ५४ रन जोडे। चेतेश्वर पुजाराले ५० रन जोड्दा भुवनेश्वर कुमारले ३० रन बटुले। अन्य ८ ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।
मुरली विजयी (८), लोकेश राहुल (०), अजिन्का राहाणे (९), पार्थिव पटेल (२), हार्दिक पाण्ड्या (०), मोहमद सामी (८), इशान्त शर्मा (०) र जसप्रित बुमराह (०) रनमा आउट भए।
बलिङतर्फ दक्षिण अफ्रिकाका कागिसो राबाडाले ३ विकेट लिए। मोर्ने मोर्केल, एन्डिल फेल्लुक्वायो र भेर्नान फिलान्डरले २–२ विकेट हात पारे। लुंगी एनगिडीले १ विकेट आफ्नो नाममा लेखाए।
३ खेलको सिरिजमा २ खेलमा लगातार जित निकाल्दै घरेलु टिम दक्षिण अफ्रिकाले सिरिज कब्जा गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।