पोखरा– यहाँ जारी १६ औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको आजको खेलमा संकटा फुटबल क्लबलाई १–० गोल अन्तरले हराउँदै सशस्त्र प्रहरीको एपिएफ क्लब विजयी भएको छ।
प्रतियोगिताको २८ औँ मिनेटमा एपिएफका आदित्य चौधरीले गरेको गोल नै जीतका लागि निर्णयक बन्यो। प्रतियोगितामा चौधरी उत्कृष्ट खेलाडी घोषित बने। एपिएफका प्रशिक्षक रत्नकाजी महर्जनले आगामी खेलमा आजभन्दा राम्रो प्रदर्शन गरिने बता ।
संकटा फुटबल क्लबका प्रशिक्षक सल्यान खड्गीले क्लबका खेलाडीले राम्रै खेले पनि गोल गर्न नसकेको बताए । शुक्रबारको खेल नेपाल पुलिस क्लब र रमपम झापा ११ बीच हुने आयोजक सहारा क्लबले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।