काठमाडौं- भदौ १० गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा 'नाडा अटो शो २०१९' सुरु हुँदैछ। अटो शोमा यो संस्करणमा कारियाली प्रिमियम गाडी उत्पादक कम्पनी 'स्याङयोङ'ले नयाँ डबल क्याब पिकअप 'म्युसो ग्रान्ड' ल्याउने भएको छ।
स्याङयोङको नेपालका लागि आधिकारिक बिक्रेता आइएमएस मोटर्सले उक्त गाडी प्रदर्शनी तथा बिक्री सुरु गर्ने भएको हो।
यो वर्षको नाडा अटो शोमा स्याङयोङले म्युसो ग्रान्डा ल्याउने तयारी गरेको आइएमएस मोटर्सका कर्पोरेट सेल्स अफिसर सफल थापाले बताए। नयाँ पिकअपमा कम्पनीले पाँच वर्षको फ्री सर्भिसिङ सुविधा प्रदान गर्ने भएको छ भने ५ वर्षकै वारेन्टी दिनेछ। नयाँ म्युसो एसयुभीको खरिदमा १ वर्षको रोड ट्याक्ससमेत कम्पनीले नै तिरिदिनेछ।
म्युसो फोर एक्स २ एमटी, फोर एक्स टू एटी, फोरएक्स फोर एटी गरी तीन भेरियन्टमा आउनेछ। यसमा आकर्षक इन्फोटेनमेन्ट सिस्टमसँगै एप्पल कार प्ले र एन्ड्रोइड अटो सपोर्ट गर्ने विशेषता उपलब्ध छ।
यसमा अटोमेटिक हेडल्याम्प, एड्जस्टेबल लेभलिङ, अटो डिमी रियर भ्यू मिरर, डबल जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल, स्पिड सेन्सिङ पावर स्टेयरिङ र सनरुफको विशेषता रहेको कम्पनीले जनाएको छ।
त्यस्तै नाडा अटो शोमा स्याङयोङका कोरेन्डो, रेक्स्टन, टिभोलीलगायतका सवारीसमेत प्रदर्शनीमा राखिने कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।