• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, चैत ३०, २०८२ Mon, Apr 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

डिभिजन–२ खेल्ने ८ खेलाडीसँग नामिबियाको अनुभव, नयाँ ६ मध्ये ४ खेलाडी यू–१९ टिमका 

64x64
नेपाल लाइभ बिहीबार, माघ ११, २०७४  १८:५७
1140x725

काठमाडौं– माघ अन्तिम सातादेखि नामिबियामा हुने आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ का लागि घोषणा गरिएको नेपाली राष्ट्रिय टिममा रोहितकुमार पौडेलले पहिलो पटक स्थान बनाएका छन्। यू–१९ टिमका मध्यक्रमका ब्याट्सम्यान रोहितसहित यू–१९ टिमका ४ खेलाडीले सिनियर टिममा समावेश छन्। 

टिममा रहेका बहुमत खेलाडीसँग नामिबियाको कन्डिसनबारे अनुभव छ। टिममा सन् २०१५ मा नामिबियामै भएको डिभिजन–२ खेलेका ८ जना खेलाडी छन्। बिहीबार घोषणा गरिएको १४ सदस्यीय टिममा कप्तान पारस खड्कासहित उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, बसन्त रेग्मी, शक्ति गौचन, आरिफ शेख, सोमपाल कामी र करण केसीले तीन वर्षअघि पनि डिभिजन–२ खेलेका थिए।

६ खेलाडीसँग भने नामिबियाको अनुभव छैन। जसमा दिलिप नाथ, ललितसिंह भण्डारी, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, अनिलकुमार साह र रोहित कुमार पौडैल पहिलो पटक नामिबियामा खेल्दैछन्। दीपेन्द्र, सन्दीप, अनिल र रोहित यू–१९ टिमका खेलाडी हुन्।

३ वर्षअघि विनोद भन्डारी, अमृत भट्टराई, नरेश बुढाऐर, भुवन कार्की, सुवास खकुरेल र सागर पुनले डिभिजन–२ खेलेका थिए। विनोद र सागर डिभिजन–२ का लागि घोषणा गरिएको प्रारम्भिक टिमबाट बाहिरिएका थिए। अमृत, भुवन र सुवास भने पछिल्लो ३ वर्षदेखि टिममा पर्न सकेका थिएनन्। नरेश डिभिजन–२ को प्रारम्भिक टिममा परेपनि अन्तिम टिममा भने पर्न सकेनन्।

३ वर्षअघि नामिबियामा नरेश र सुवासले ओपनिङ गरेका थिए। यसपटक ज्ञानेन्द्र र दिलीप नाथले ओपनिङ गर्नेछन्। दिलिपलाई विकेटकिपरको पनि जिम्मेवारी हुनेछ। गत संस्करणको डिभिजन–२ मा विनोद भन्डारीले किपिङ गरेका थिए। सोमपाल र करणले तीब्र गतिको बलिङमा निरन्तरता पाउँदा अमृतको स्थानमा ललितसिंह भण्डारी आएका छन्।

यो पनि – डिभिजन–२ का लागि नेपाली टिमको घरेलु भूमिमा अन्तिम अभ्यास (तस्बिरहरु)

तीन वर्षअघि प्राप्त अनुभवले टिमको प्रदर्शनमा सकारात्मक प्रभाव पर्ने कप्तान पारसले नेपाल लाइभसँग बताए। 'हामीले डिभिजन–२ हुने तीन वटै मैदानमा खेलिसकेका छौं। तीन वटै फरक–फरक कन्डिसन भएका मैदान हुन्। त्यहाँ नखेलेका खेलाडीलाई मैदानबारे जानकारी दिएका छौं,' पारसले भने, 'कुनै मैदानमा एक्ट्रा बाउन्स हुनसक्छ भने कुनै मैदान फ्ल्याट छ। त्यसैले हामीले अनुभव एक आपसमा सेयर गरेका छौ। पहिलाको अनुभव अनुसार योजना बनाएर मैदानमा उतार्न सक्यौ भने राम्रो हुन्छ।'

गत संस्करणको पहिलो खेलमा नेपालले युगान्डासँग खेलेको थियो। खेलमा नेपाल २ रनले पराजित भएको थियो। पहिले ब्याटिङ गरेको युगान्डा १ सय ४६ मा अलआउट भयो। बलिङमा नेपालका सोमपालले ३ विकेट लिँदा करणले विकेट लिन सकेका थिएनन्।  कप्तान पारसले ३ विकेट लिएका थिए भने बसन्तले २ र शक्तिले १ विकेट लिएका थिए। ब्याटिङमा तेस्रो नम्बरमा खेलेका ज्ञानेन्द्रले सबैभन्दा बढी ५४ रनले जोडेका थिए। ओपनिङमा सुवासले ३२ र बुढारले १६ रन जोडेपनि अन्यले राम्रो खेल्न नसक्दा नेपाल १ सय ४६ मा अलआउट भयो। यसपटक पनि करण र सोमपाल नेपाली टिममा छन्। तर ओपनिङका ज्ञानेन्द्र मल्ल र दिलीप नाथ हुनेछन्।

nimb
nimb
Ncell 2
Ncell 2

दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई २ विकेटले हराएको थियो। पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्स १ सय ५८ मा अलआउट भएको थियो। बलिङमा नेपालका सोमपाल, शक्ति, पारस र बसन्तले २–२ विकेट लिएका थिए। करणले विकेट लिन सकेका थिएनन्। नेपालले ८ विकेट गुमाएर लक्ष्य पार गरेको थियो। विनोद भन्डारीले ३५ रन र शरदले नटआउट २४ रन जोडेपछि नेपालले ३ बल बाँकी छदा लक्ष्य पारेको थियो । सोमपालले पनि २४ रनको योगदान दिएका थिए।

तेस्रो खेलमा नेपालले क्यानडालाई ७ विकेटले हराएको थियो। पहिले ब्याटिङ  गरेको क्यानडा १ सय १४ मा अलआउट भएको थियो। खेलमा करण केसीले ५ विकेट लिएका थिए। सोमपालले २ विकेट लिँदा पारस, शक्ति र सागरले १–१ हात पारेका थिए । नेपालले २३.१ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य पार गरेको थियो। पारसले नटआउट ७७ तथा ज्ञानेन्द्रले ३२ रन जोड्दा ओपनरद्वय सुवास र नरेश शून्य रनमा आउट भएका थिए।

चौथो खेल नामिबियालाई ३ विकेट हराएको थियो। पहिले ब्याटिङ गरेको नामिबिया १ सय ४२ मा अलआउट भयो।  बलिङमा सोमपालले २ विकेट लिँदा करणले ३ विकेट लिएका थिए। बसन्त र शक्तिले पनि २–२ विकेट हात पारेका थिए। ब्याटिङमा पारसले ६४ रन, ज्ञानेन्द्रले ३१ रन र विनोदले १८ रन जोडेका थिए।  अन्यले दोहोरो अंकमा रन जोड्न नसकेपनि नेपालले ३७.५ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पार गरेको थियो। खेलमा आरिफ शेखले डेब्यु गरेका थिए। तर उनी १ रनमा आउट भएका थिए। 

पाँचौ खेलमा नेपाल केन्यासँग ५ विकेटले पराजित भएको थियो। पहिले ब्याटिङ गरेको नेपाल १ सय ९४ रनमा अलआउट भएको थियो। ज्ञानेन्द्र मल्लले ९१ रन जोडेका थिए। केन्याले ५ विकेटको क्षतिमा लक्ष्य पार गरेको थियो। बलिङमा नेपालका करण, बसन्त र सागर पुनले १–१ विकेट लिएका थिए।

गत संस्करणको डिभिजिन–२ मा नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक २ सय ३६ रन जोडेका थिए। उनी प्रतियोगिताका सर्वाधिक रन बनाउने खेलाडीको तेस्रो स्थानमा थिए। नेपालका लागि बढी विकेट लिने खेलाडी भने सोमपाल कामी थिए। सोमपालले ६ खेलमा ११ विकेट लिएका थिए। उनी प्रतियोगिताको बढी विकेट लिने खेलाडीको पाँचौ स्थानमा थिए। 

अन्तिम खेलमा केन्यासँग पराजित भएपछि लिगमा नेपाल तेस्रो भएको थियो। नामिबिया पहिलो र नेदरल्यान्ड्स दोस्रो भएको थियो। तेस्रो स्थानको लागि भएको खेलमा भने केन्यासँग १५ रनले हारेपछि नेपाल चौथो स्थानमा सीमित बनेको थियो। चौथो बनेपछि नेपालले डब्लुसिएल च्याम्पियनसिपका लागि छनोट भएको थियो।  

प्रकाशित मिति: बिहीबार, माघ ११, २०७४  १८:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ओर्बन युगको अन्त्य, हङ्गेरीमा नयाँ मोड
५० भन्दाबढी अमेरिकी गुप्तचर पक्राउ परेको इरानकाे दाबी
मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्तिको स्रोत खुलाउन हर्क साम्पाङको माग
सम्बन्धित सामग्री
९१ लाख ९० हजार ठगी गरेको अभियोगमा दुई जना पक्राउ काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको टोलीले बुल्गेरिया पठाउने प्रलोभनमा पारेर उक्त रकम ठगेको अभियोगमा सल्ल्यान... शनिबार, चैत २८, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बुधबार राति अपरिचित युवकले ति महिलाको टाउकोको पछाडिबाट हतियार प्रहार गरेको स्थानीय प्रत्यक्षदर्शीले जनाएका छन्। बिहीबार, चैत २६, २०८२
नागरिकका समस्या र गुनासा सम्बोधन गर्न आईजीपी कार्कीको निर्देशन प्रहरी प्रधान कार्यालयबाट बुधबा ‘भर्चुअल’ सम्बोधन गर्दै महानिरीक्षक कार्कीले नागरिकको अपेक्षा अनुरूप सेवा प्रवाहलाई उच्च प्राथमिकताम... बुधबार, चैत २५, २०८२
ताजा समाचारसबै
ओर्बन युगको अन्त्य, हङ्गेरीमा नयाँ मोड सोमबार, चैत ३०, २०८२
५० भन्दाबढी अमेरिकी गुप्तचर पक्राउ परेको इरानकाे दाबी सोमबार, चैत ३०, २०८२
मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्तिको स्रोत खुलाउन हर्क साम्पाङको माग सोमबार, चैत ३०, २०८२
मन्त्रीहरुले सार्वजनिक गरेको सम्पत्ति विवरणले राज्यको कानुन आकर्षित गर्छ : मोहन श्रेष्ठ सोमबार, चैत ३०, २०८२
कोशी, बागमती र गण्डकीका हिमाली भू-भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना सोमबार, चैत ३०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ? आइतबार, चैत २९, २०८२
कानुनमन्त्री सोविता गौतमसँग कति छ सम्पत्ति ? आइतबार, चैत २९, २०८२
मन्त्री सीता वादीको सम्पत्ति : २० वटा कुखुरा र एउटा कुकुर आइतबार, चैत २९, २०८२
शिक्षामन्त्री पोखरेलसँग २४ करोड बढीको सम्पत्ति, करोडौँका घरजग्गा आइतबार, चैत २९, २०८२
अमेरिकाको अत्यधिक मागका कारण वार्ता निष्कर्षमा पुग्न नसकेको इरानको दाबी आइतबार, चैत २९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्