• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक ६, २०८३ Fri, Oct 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

डिभिजन–२ खेल्ने ८ खेलाडीसँग नामिबियाको अनुभव, नयाँ ६ मध्ये ४ खेलाडी यू–१९ टिमका 

64x64
नेपाल लाइभ बिहीबार, माघ ११, २०७४  १८:५७
1140x725

काठमाडौं– माघ अन्तिम सातादेखि नामिबियामा हुने आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ का लागि घोषणा गरिएको नेपाली राष्ट्रिय टिममा रोहितकुमार पौडेलले पहिलो पटक स्थान बनाएका छन्। यू–१९ टिमका मध्यक्रमका ब्याट्सम्यान रोहितसहित यू–१९ टिमका ४ खेलाडीले सिनियर टिममा समावेश छन्। 

टिममा रहेका बहुमत खेलाडीसँग नामिबियाको कन्डिसनबारे अनुभव छ। टिममा सन् २०१५ मा नामिबियामै भएको डिभिजन–२ खेलेका ८ जना खेलाडी छन्। बिहीबार घोषणा गरिएको १४ सदस्यीय टिममा कप्तान पारस खड्कासहित उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, बसन्त रेग्मी, शक्ति गौचन, आरिफ शेख, सोमपाल कामी र करण केसीले तीन वर्षअघि पनि डिभिजन–२ खेलेका थिए।

६ खेलाडीसँग भने नामिबियाको अनुभव छैन। जसमा दिलिप नाथ, ललितसिंह भण्डारी, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, अनिलकुमार साह र रोहित कुमार पौडैल पहिलो पटक नामिबियामा खेल्दैछन्। दीपेन्द्र, सन्दीप, अनिल र रोहित यू–१९ टिमका खेलाडी हुन्।

३ वर्षअघि विनोद भन्डारी, अमृत भट्टराई, नरेश बुढाऐर, भुवन कार्की, सुवास खकुरेल र सागर पुनले डिभिजन–२ खेलेका थिए। विनोद र सागर डिभिजन–२ का लागि घोषणा गरिएको प्रारम्भिक टिमबाट बाहिरिएका थिए। अमृत, भुवन र सुवास भने पछिल्लो ३ वर्षदेखि टिममा पर्न सकेका थिएनन्। नरेश डिभिजन–२ को प्रारम्भिक टिममा परेपनि अन्तिम टिममा भने पर्न सकेनन्।

३ वर्षअघि नामिबियामा नरेश र सुवासले ओपनिङ गरेका थिए। यसपटक ज्ञानेन्द्र र दिलीप नाथले ओपनिङ गर्नेछन्। दिलिपलाई विकेटकिपरको पनि जिम्मेवारी हुनेछ। गत संस्करणको डिभिजन–२ मा विनोद भन्डारीले किपिङ गरेका थिए। सोमपाल र करणले तीब्र गतिको बलिङमा निरन्तरता पाउँदा अमृतको स्थानमा ललितसिंह भण्डारी आएका छन्।

यो पनि – डिभिजन–२ का लागि नेपाली टिमको घरेलु भूमिमा अन्तिम अभ्यास (तस्बिरहरु)

तीन वर्षअघि प्राप्त अनुभवले टिमको प्रदर्शनमा सकारात्मक प्रभाव पर्ने कप्तान पारसले नेपाल लाइभसँग बताए। 'हामीले डिभिजन–२ हुने तीन वटै मैदानमा खेलिसकेका छौं। तीन वटै फरक–फरक कन्डिसन भएका मैदान हुन्। त्यहाँ नखेलेका खेलाडीलाई मैदानबारे जानकारी दिएका छौं,' पारसले भने, 'कुनै मैदानमा एक्ट्रा बाउन्स हुनसक्छ भने कुनै मैदान फ्ल्याट छ। त्यसैले हामीले अनुभव एक आपसमा सेयर गरेका छौ। पहिलाको अनुभव अनुसार योजना बनाएर मैदानमा उतार्न सक्यौ भने राम्रो हुन्छ।'

गत संस्करणको पहिलो खेलमा नेपालले युगान्डासँग खेलेको थियो। खेलमा नेपाल २ रनले पराजित भएको थियो। पहिले ब्याटिङ गरेको युगान्डा १ सय ४६ मा अलआउट भयो। बलिङमा नेपालका सोमपालले ३ विकेट लिँदा करणले विकेट लिन सकेका थिएनन्।  कप्तान पारसले ३ विकेट लिएका थिए भने बसन्तले २ र शक्तिले १ विकेट लिएका थिए। ब्याटिङमा तेस्रो नम्बरमा खेलेका ज्ञानेन्द्रले सबैभन्दा बढी ५४ रनले जोडेका थिए। ओपनिङमा सुवासले ३२ र बुढारले १६ रन जोडेपनि अन्यले राम्रो खेल्न नसक्दा नेपाल १ सय ४६ मा अलआउट भयो। यसपटक पनि करण र सोमपाल नेपाली टिममा छन्। तर ओपनिङका ज्ञानेन्द्र मल्ल र दिलीप नाथ हुनेछन्।

Ncell 2
Ncell 2
nimb
nimb

दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई २ विकेटले हराएको थियो। पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्स १ सय ५८ मा अलआउट भएको थियो। बलिङमा नेपालका सोमपाल, शक्ति, पारस र बसन्तले २–२ विकेट लिएका थिए। करणले विकेट लिन सकेका थिएनन्। नेपालले ८ विकेट गुमाएर लक्ष्य पार गरेको थियो। विनोद भन्डारीले ३५ रन र शरदले नटआउट २४ रन जोडेपछि नेपालले ३ बल बाँकी छदा लक्ष्य पारेको थियो । सोमपालले पनि २४ रनको योगदान दिएका थिए।

तेस्रो खेलमा नेपालले क्यानडालाई ७ विकेटले हराएको थियो। पहिले ब्याटिङ  गरेको क्यानडा १ सय १४ मा अलआउट भएको थियो। खेलमा करण केसीले ५ विकेट लिएका थिए। सोमपालले २ विकेट लिँदा पारस, शक्ति र सागरले १–१ हात पारेका थिए । नेपालले २३.१ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य पार गरेको थियो। पारसले नटआउट ७७ तथा ज्ञानेन्द्रले ३२ रन जोड्दा ओपनरद्वय सुवास र नरेश शून्य रनमा आउट भएका थिए।

चौथो खेल नामिबियालाई ३ विकेट हराएको थियो। पहिले ब्याटिङ गरेको नामिबिया १ सय ४२ मा अलआउट भयो।  बलिङमा सोमपालले २ विकेट लिँदा करणले ३ विकेट लिएका थिए। बसन्त र शक्तिले पनि २–२ विकेट हात पारेका थिए। ब्याटिङमा पारसले ६४ रन, ज्ञानेन्द्रले ३१ रन र विनोदले १८ रन जोडेका थिए।  अन्यले दोहोरो अंकमा रन जोड्न नसकेपनि नेपालले ३७.५ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पार गरेको थियो। खेलमा आरिफ शेखले डेब्यु गरेका थिए। तर उनी १ रनमा आउट भएका थिए। 

पाँचौ खेलमा नेपाल केन्यासँग ५ विकेटले पराजित भएको थियो। पहिले ब्याटिङ गरेको नेपाल १ सय ९४ रनमा अलआउट भएको थियो। ज्ञानेन्द्र मल्लले ९१ रन जोडेका थिए। केन्याले ५ विकेटको क्षतिमा लक्ष्य पार गरेको थियो। बलिङमा नेपालका करण, बसन्त र सागर पुनले १–१ विकेट लिएका थिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

गत संस्करणको डिभिजिन–२ मा नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक २ सय ३६ रन जोडेका थिए। उनी प्रतियोगिताका सर्वाधिक रन बनाउने खेलाडीको तेस्रो स्थानमा थिए। नेपालका लागि बढी विकेट लिने खेलाडी भने सोमपाल कामी थिए। सोमपालले ६ खेलमा ११ विकेट लिएका थिए। उनी प्रतियोगिताको बढी विकेट लिने खेलाडीको पाँचौ स्थानमा थिए। 

अन्तिम खेलमा केन्यासँग पराजित भएपछि लिगमा नेपाल तेस्रो भएको थियो। नामिबिया पहिलो र नेदरल्यान्ड्स दोस्रो भएको थियो। तेस्रो स्थानको लागि भएको खेलमा भने केन्यासँग १५ रनले हारेपछि नेपाल चौथो स्थानमा सीमित बनेको थियो। चौथो बनेपछि नेपालले डब्लुसिएल च्याम्पियनसिपका लागि छनोट भएको थियो।  

प्रकाशित मिति: बिहीबार, माघ ११, २०७४  १८:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट
तिब्बतमा शक्तिशाली भूकम्पमा परि १६ जनाको मृत्यु , ६५ घाइते
सम्बन्धित सामग्री
एमाले कार्यालय असुरक्षित भएको भनिएको घट्ना के हो ? २४ सै घण्टा पहरा दिने प्रहरी हटाइएपछि एमालेले कार्यालय असुरक्षित हुनबाट जोगाउन नयाँ सुरक्षा व्यवस्था अपनाएको छ । बिहीबार, कात्तिक ५, २०८३
जेन–जी आन्दोलनमा फरार भएका चन्द्र दमाई एक वर्षपछि पक्राउ जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार ४६ वर्षीय केसीलाई २०८३ कात्तिक ३ गते बिहान ९:३० बजे तारकेश्वर नगरपालिका–६, धर्मस्थलीबाट पक्राउ... बिहीबार, कात्तिक ५, २०८३
दसैंको टीकाको दिन बाँकेको कपासीमा विद्युत् सर्ट हुंदा सात घर पूर्णरूपमा जले आगलागीबाट मानवीय तथा चौपाया क्षति नभएको प्रहरी बताउँछ । बुधबार, कात्तिक ४, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी शुक्रबार, कात्तिक ६, २०८३
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट शुक्रबार, कात्तिक ६, २०८३
तिब्बतमा शक्तिशाली भूकम्पमा परि १६ जनाको मृत्यु , ६५ घाइते शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
एकाएक किन खुल्न छाेडे राष्ट्रपति देखि प्रधानमन्त्री कार्यालयसम्मकाे वेबसाईट, यस्ताे छ अन्तर्रास्ट्रिय असर बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्