त्रिपोली- लिवियाली सैनिक नेता खालिफा हफ्तारको समूहले इश्लामिक पर्व इद अल-अधाका अवसरमा राजधानी त्रिपोली वरपर युद्धविराम गर्न सहमत भएको हफ्तारका प्रवक्ताले शनिबार पुष्टि गरेका छन्।
'हफ्तारको सैन्यबलले इदका अवसरमा त्रिपोली वरपर सबैै सैन्य गतिविधिलाई रोक्नेछ,' अहमद अल-मेस्मारीले लिवियाली पूर्वी सहर वेङ्गाजीमा एक पत्रकार सम्मेलन गरी बताए।
हफ्तारको स्वघोषित लिवियाली राष्ट्रिय सेनाले अप्रिलको सुरूदेखि नै त्रिपोली वरपरका क्षेत्रमा आफ्ना गतिविधिलाई बढाएको छ। हफ्तारको समूहले लिवियाको संयुक्त राष्ट्र संघद्वारा मान्यताप्राप्त संयुक्त सरकारविरद्ध त्रिपोली नियन्त्रणका लागि लडिरहेको छ। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।