ढाका– त्रिकोणात्मक सिरिज अन्तर्गत श्रीलंकाले बंगलादेशलाई १० विकेटको फराकिलो अन्तरले पराजित गरेको छ।
बिहीबार भएको खेलमा बंगलादेशले दिएको ८३ रनको लक्ष्य श्रीलंकाले विकेट नगुमाइ ११.५ ओभरमा पार गर्यो। श्रीलंकाका लागि धनुस्का गुणतिलकाले नटआउट नटआउट ३५ तथा उपुल थारंगाले नटआउट ३९ रन जोडे।
त्यअघि टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टिम बंगलादेश २४ ओभरमा ८२ अलआउट भयो। बंगलादेशका लागि मुस्फिकर रहिमले २६ रन र सब्बिर रहमानले १० रन जोडे। अरु ९ ब्याट्सम्यानले दोहोरो अंक रन बटुल्न सकेनन्।
बलिङतर्फ श्रीलंकाका सुरंगा लम्कलले ३ विकेट लिए। दुस्मान्था चमेरा, थिसारा परेरा र लक्सन सन्दाकनले २–२ विकेट लिन सफल भए।
बंगलादेश, श्रीलंका र जिम्वाबेबीचको सिरिजमा बंगलादेश ४ खेलमा ३ जित सहित शीर्ष स्थानमा छ। श्रीलंकाले २ खेलमा जित र जिम्वाबेले १ खेलमा मात्र जित निकालेको छ।
चार खेलको समाप्तसँगै बंगलादेश र श्रीलंका फाइनलमा पुगेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।