• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

अमेरिकामा बन्दुक सिर्जित हिंसाबाट एकै वर्षमै ४० हजारको मृत्यु!

64x64
नेपाल लाइभ शनिबार, साउन २५, २०७६  १५:५८
1140x725

काठमाडौं-  सुन्दा पत्यार लाग्दैन, तर अमेरिकामा एकै वर्षमा बन्दुकसँग सम्बन्धित हिंसाका कारण ४० हजारको मृत्यु भएको थियो। यो सन् २०१८ को तथ्यांक हो।  अमेरिकाका विद्यालय, कलेज, चलचित्र घर र अन्य सार्वजनिक स्थल एवं कार्यक्रममा जथाभावी गोली चलाएर हुने हत्या हिंसाका घटना नियमित झैं हुन थालेका छन्। यी घटनाहरुमा कमी आउनुको साटो बढ्दै गएको अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन्। 

पछिल्लो पटक टेक्सास राज्यको एल पासोको वाल्मार्टमा सन् २०१९ अगष्ट ३ मा एक व्यक्तिले गोली चलाउँदा २२ जनाको मृत्यु भएको भोलिपल्टै ओहायो राज्यको डेटनमा ९ जनाको सामूहिक हत्या भयो। मेक्सिकाली नागरिकहरुको बाहुल्य रहेको एल पासो घटनामा केही मेक्सिकालीको पनि ज्यान गएको थियो।

हत्यामा संलग्न व्यक्तिले आप्रवासीका कारण अमेरिकाको अस्तित्व नै सङ्कटमा पर्न लागेको भन्दै अमेरिकी राष्ट्रपतिका कदमहरुको समर्थन गरेको अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन्। अमेरिकी संघीय जाँच ब्यूरो (एफबीआई) ले यी दुबै घटनालाई अमेरिकी आतंकबादी घटना हो कि भन्ने दृष्टिबाट अनुसन्धान थालेको छ।

संयुक्त राज्य अमेरिकामा भएका पछिल्ला केही डरलाग्दा गोलीकाण्डहरु हेरौं। फ्रान्सेली समाचार संस्था एएफपीको विवरण अनुसार सन् २०१७ अक्टोबर १ मा लास भेगासमा भएको एउटै गोलीकाण्डमा ५८ जना मारिएका थिए। यस घटनामा झण्डै ५ सय ५० जना घाइते भएका थिए। गोली चलाउने ६४ वर्षीय एक जना अवकाशप्राप्त लेखा अधिकृतले गोलीकाण्ड मच्चाए लगत्तै आत्महत्या गरेका थिए। अमेरिकी इतिहासमा एउटै घटनामा यतिधेरै मानिस मारिएको यो पहिलो घटना हो।

सन् २०१६ को जुन १२ मा ओर्लान्डो शहरको एउटा समलिङ्गीहरुको पल्स रात्रिक्लबमा गोली चलाउँदा ४९ जना मारिएका थिए। प्रहरी कारबाहीमा ती व्यक्ति मारिएका थिए। उनले आफू इस्लामिक स्टेट समूहको विचारधाराबाट प्रभावित भएको बताएका थिए। 

सन् २०१२ डिसेम्बरमा कनेक्टिकटमा एकजना २० वर्षीय युवाले आफ्नी आमाको हत्या गरी स्यान्डी हुक इलिमेन्टरी स्कुलमा बम बिस्फोट गराउँदा स्कुले बालबालिका र शिक्षक समेत गरी २६ जनाको ज्यान गएको थियो।

सन् २०१७ नोभेम्बर ५ का दिन टेक्सासको सान एन्टोनियोमा एउटा गिर्जाघरमा प्रवेश गरेका एक २६ वर्षीय व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा गिर्जाघरमा भेला भएका २५ जनाको मृत्यु हुनुका साथै कम्तीमा २५ जना घाइते भएका थिए। अमेरिकी वायु सेनाको कारबाही (कोर्टमार्सल)मा परेका उनले आत्महत्या गरेका थिए।

फ्लोरिडाको पार्कल्यान्डको मर्जोरी स्टोनम्यान डग्लस स्कुलका १९ वर्षीय पूर्व विद्यार्थीले स्कुलभित्र प्रवेश गरेर गोली चलाउँदा १७ जना स्कुले विद्यार्थी र शिक्षकको ज्यान गएको थियो। सन् २०१८ फेब्रुअरी १४ को यस घटनामा संलग्न ती पूर्व विद्यार्थीलाई स्कुलले अनुशासनको कारबाही गरेर स्कुलबाट निकालेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

नागरिक स्तरमा विश्वमा बन्दुक राख्ने मुलुकमा सबैभन्दा माथि अमेरिका छ। 

यी त केही प्रतिनिधि घटना मात्र हुन्। अमेरिकी इतिहासमा क्यालिफोर्निया अफिस पार्टी, भर्जिनिया बिच, क्यालिफोर्निया बार, कोलोराडोको सिनेमा घर, पिट्सबर्गको यहुदी प्रार्थना घर, सान्ता फे स्कुलमा भएका घटनामा निहत्था सयौं व्यक्तिको ज्यान गएको थियो। 

अमेरिकी प्यू रिसर्च सेन्टरका अनुसार ५० वर्ष उमेर नाघेका एक तिहाई अमेरिकीले आफूहरुसँग बन्दुक रहेको बताएका थिए। बन्दुकको स्वामित्व रहने युवाको दरमा भने कमी आएको देखिएको छ अर्थात् २८ प्रतिशतसँग बन्दुक छ। बन्दुक राख्नेहरुमा बढीजसो गोरा जातिका मानिस छन्। सन् २०१७ मा बन्दुकजन्य अपराधका घटनाबाट झण्डै ११ हजारको ज्यान गएको थियो। विश्वका शक्तिसम्पन्न र धनाढ्य मुलुकमा यो सबैभन्दा डरलाग्दो अवस्था हो। नागरिक स्तरमा विश्वमा बन्दुक राख्ने मुलुकमा सबैभन्दा माथि अमेरिका छ। 

अमेरिकी अखबार दी न्यूयोर्क टाइम्सले सन् २०१८ मा बन्दुकजन्य अपराधका घटनामा झण्डै ४० हजारको ज्यान गएको जनाएको छ। विगत ५० वर्षमा यो आँकडा सबैभन्दा ठूलो हो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सन् २०१६ मा बन्दुकसँग सम्बन्धित घटनाका कारण अमेरिकामा ३८ हजार ८५८ जनाको मृत्यु भएको अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले जनाएको छ। जसमा आत्महत्याका निम्ति २२ हजार ९३८ जनाले बन्दुकको प्रयोग गरेका थिए। यस्तै १४ हजार ४१५ जनाको हत्या बन्दुक प्रहारबाट भएको थियो। 

अमेरिकी बन्दुक कानुनमा कडाई गर्ने वा नरम नीति ल्याउने भन्ने बारेमा अमेरिकी जनमत बाझिएको छ। ग्यालपको पछिल्लो मतसर्वेक्षणमा बहुसंख्यक अमेरिकीहरु (करिब ४६ प्रतिशत) अमेरिकी बन्दुक कानुन र नीतिप्रति बेखुशी रहेको देखिएको छ। उनीहरुले बन्दुक खरिद गर्ने र राख्ने सन्दर्भमा कडा नियमहरु अवलम्बन गर्नुपर्ने मत राखेका छन्। मानसिक अस्वस्थ वा प्रहरीको “वाच लिस्ट” मा परेकाहरुको हातमा बन्दुक पुग्न नदिन विशेष ध्यान दिनुपर्ने माग सर्वत्र भइरहेको छ।

दी न्यूयोर्क टाइम्सले सन् २०१८ मा बन्दुकजन्य अपराधका घटनामा झण्डै ४० हजारको ज्यान गएको जनाएको छ। विगत ५० वर्षमा यो आँकडा सबैभन्दा ठूलो हो। 

तर अमेरिकामै सर्वाधिक शक्तिशाली मानिएको राष्ट्रिय राइफल संघ (एनआरए) ले अमेरिकामा बन्दुकको नियन्त्रण गर्नै नहुने पक्षमा लबिङ गरिरहेको छ। संघले नागरिकका हातमा बन्दुक भएमा मुलुक बढी सुरक्षित हुने तर्क गरिरहेको छ। प्यू रिसर्च सेन्टरका अनुसार अमेरिकी बन्दुक नीतिलाई प्रभावित तुल्याउन सक्षम ठानिएको यस संघले लबिङकै लागि वार्षिक करिब ५२ लाख अमेरिकी डलर खर्च गरिरहेको छ।

अमेरिकामा बन्दुक राख्ने प्रत्येक पाँचमा एक व्यक्ति एनआरएको सदस्य छन्, यसमा रिपब्लीकन समर्थकहरुको बाहुल्यता छ। संघले कडा बन्दुक नीतिको विपक्षमा वकालत गर्ने व्यक्तिलाई चुनावमा सघाउने गरेको छ। 

अमेरिकामा पछिल्ला केही वर्षदेखि बन्दुक किन्न र राख्न खोज्ने व्यक्तिमाथि कडा नियमहरु लगाउनु पर्ने माग राखी राजधानी वासिङ्टन सहित देशका ठूला शहरमा प्रदर्शनहरु भइरहेका छन्। यी प्रदर्शनमा डेमोक्र्याटिक पार्टीको पनि समर्थन रहेको छ, तर राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको रिपब्लीकन पार्टीले एनआरएको प्रभावमा बन्दुक कानुन र नीतिमा सुधार गर्न चाहेको देखिन्न। अमेरिकी राष्ट्रपतिले सार्वजनिक रुपमै अल्पसंख्यक र आप्रवासीका बारेमा राख्ने धारणाले अमेरिकी समाजमा नैराश्यता, घृणा फैल्याएको र समाजलाई नै विभाजित गर्नुका साथै हिंसातर्फ उक्साएको आरोप लाग्ने गरेको छ।
(लेखक राससका सम्पादक हुन्)

प्रकाशित मिति: शनिबार, साउन २५, २०७६  १५:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन
सम्बन्धित सामग्री
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए प्रहरीले सोमबार दिएको जानकारीअनुसार अब रामलीला मैदान, बुराडी मैदान र पूर्वी दिल्लीस्थित सीबीडी मैदानमा विरोध प्रदर्शन गर्न सकिनेछ । सोमबार, असोज २६, २०८३
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार रोबर्ट हल र माइकल उडफोर्डलाई रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले उनीहरूलाई ‘समष्टिगत आर्थिक स्थिरीकरणका व्यष्टिगत आर्थिक आधारहरू’ को खोज तथा विकासका लागि यो प्रति... सोमबार, असोज २६, २०८३
विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) को सोमबार सार्वजनिक प्रतिवेदनअनुसार विश्वभर तीव्र गरिबीमा बाँचिरहेका मानिसको सङ्ख्य... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ सोमबार, असोज २६, २०८३
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्