• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
प्रवास

कोरियामा अध्ययनरत नेपाली विद्यार्थी भोलिको नेपालका ठूलो पुँजी हुनसक्छन् : सुर्यराज आचार्य

64x64
नेपाल लाइभ शुक्रबार, साउन २४, २०७६  २३:२९
1140x725

सोल- साझा विवेकशील पार्टीका प्रवक्ता डा सूर्यराज आचार्यले कोरियामा अध्ययनरत नेपाली विद्यार्थी भोलिको नेपालका लागि ठूलो पुँजी हुनसक्ने बताएका छन्।

गत आइतबारदेखि तीन दिनसम्म दक्षिण कोरियाको थेगुमा आयोजित एक सेमिनारमा सहभागी भएका डा आचार्यले नेपाली विद्यार्थीले यहाँ अध्ययनबाट सिकेको सिकाइलाई नेपालले ठूलो पुँजीको रुपमा लिनुपर्ने बताए हुन्।

पूर्वाधारविद्‌समेत रहेका आचार्य थेगुस्थित खेन्याङ विश्वविद्यालय, कोरिया सोसाइटी अफ ट्रान्सपोर्टेसन र कोरिया ट्रान्सपोर्ट इन्स्टिच्युटले संयुक्तरुपमा आयोजना गरेको ट्रान्सपोर्ट पूर्वाधार विकाससम्बन्धी ३ दिने  सेमिनारमा सहभागी हुन कोरिया आएका थिए। बुधबारसम्म चलेको सेमिनारमा कोरियाको अनुभवबाट विकासशील देशहरुले के शिक्षा लिन सक्दछन् र कोरियाले अन्तर्राष्ट्रिय प्राज्ञ तथा अध्येताहरुबाट के-कस्तो सहयोग लिन सक्छ भन्ने विषयमा छलफल गरिएको थियो।

कार्यक्रममा नेपाल, थाइल्यान्ड, भियतनामलगायत एसियाली मुलुकहरुमा यातायात क्षेत्रको विकासका मुद्दाहरु के हुनसक्छन् भन्ने विषयमा पनि छलफल गरिएको थियो। दोस्रो विश्वयुद्धपछि अहिलेसम्म कोरियामा यातायात क्षेत्रको विकासमा भएका कामहरुमा उनीहरुको अनुभव, नीतिगत योजना, सञ्चालन र पुँजी लगायतका विषयमा राम्रा र नराम्रा पक्षहरुबाट नेपाल लगायतका विकासशील देशहरुले लिनसक्ने शिक्षाका सम्बन्धमा समेत प्रकाश पारिएको थियो।

सेमिनारमा नेपालका पूर्वाधारविद्को रुपमा सहभागिता जनाएका आचार्यले कार्यपत्र प्रस्तुत गरेका थिए।

कोरियाको विकासबाट नेपालले के सिक्न सक्छ त? डा आचार्यले अभिव्यक्त गरेको विचारको सम्पादित अंश:

यातायात क्षेत्रको विकासका कुराहरुमा हरेक देशमा आ-आफ्नै समस्याहरु हुन्छन्। कोरियामा पनि आफ्नै किसिमका समस्याहरु छन्। कोरियाको सब-वेहरुमा जानुभयो भने बिहानको समयमा एकदमै भिड हुने गर्छ। यहाँ ट्राफिक जाम पनि अत्याधिक हुने गर्छ। यातायातको क्षेत्रमा यत्रो लगानी गर्दा पनि यहाँ समस्याहरु छन्।

Ncell 2
Ncell 2
nimb
nimb

कोरियाको थेगु सानो सहरमा पनि वार्षिक १० अर्ब रुपैयाँ सार्वजनिक यातायातमा सिटी अफिसियलले सब्सिडी दिँदोरहेछ।

यातायात पूर्वाधार विकासमा कुनै गणितीय सुत्र छैन। यसबाट हामीले पनि पाठ के सिक्न सक्छौ त? कोरियामा योजना बनाउँदा भएका गल्तिहरु हाम्रोजस्तो विकासशील देशमा नहोस् भन्ने चाहाना कोरियाको छ। यहाँका सफल योजनाहरु र असफल योजनाहरुबाट हामीले धेरै कुराहरु सिक्न सक्छौं।

खासगरी हाम्रो जस्तो देशमा प्राज्ञिक तहमा अध्ययन अनुसन्धानको लागि यहाँको रिसर्च इन्स्टिच्युटहरुको पनि चासो रहेको पाइयो। रिसर्च गर्दा जहाँ समस्याहरु छन् त्यहाँ समस्या समाधानका लागि उपायहरु खोजिन्छ। हाम्रो जस्तो देशमा भएका समस्यालाई समाधान गर्नको लागि यहाँका प्राज्ञहरुले अध्ययन तथा अनुसन्धान गर्ने विषयमा साझेदारी गर्न चाहेको मैले पाएँ।

पूर्वाधार विकासमा पैसाभन्दा पनि ज्ञान ठूलो हो। पूर्वाधार विकास भन्ने बित्तिकै विकासशील देशहरुले विकसित देशमा गएर वैदेशिक सहायता माग्ने प्रवृत्ति छ। खासगरी अध्ययन र अनुसन्धान तहमा हुने साझेदारी विन-विनको अवस्थामा हुन्छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

१९६० को कोरियाको अवस्था र हाम्रो अवस्था लगभग उस्तै-उस्तै छ। कोरियाले त्यो समयमा सोल-बुसान राजमार्ग बनाउँदा हाम्रो देशमा जति पनि इन्जिनियरहरु थिएनन्। १९७१ मा सोल मेट्रो बनाउँदा काठमाडौं जत्ति धनी यो सहर थिएन। हाम्रो अहिलेको आर्थिक अवस्था भन्दा कोरियाको त्यो बेलाको आर्थिक अवस्था कमजोर थियो।

कोरियाले पुँजीको व्यवस्था, आन्तरिक क्षमताको विकास, प्रविधि हस्तान्तरणजस्ता कुराहरु कसरी कुशलरुपमा व्यवस्थापन गर्‍यो भन्ने कुराहरु हाम्रा लागि एकदमै महत्वपूर्ण विषयहरु हुन्। ति कुराहरु हाम्रो लागि निकै उपयोगी हुनसक्छन्। सम्पूर्णरुपमा यो सेमिनारबाट हामीले लिने ज्ञान नै यही हो।

सरकारी तवरमा गरिने यस किसिमका कार्यक्रमहरुको महत्व आफ्नै ठाउँमा छ भने विज्ञहरुको प्राज्ञिक तहमा गरिने कार्यक्रमको महत्व छुट्टै किसिमको हुन्छ। त्यसैले मैले मिस गरेको एउटा कुरा चाहिं हाम्रो देशका विश्वविद्यालयमा यस किसिमको अध्ययन र अनुसन्धानको एकदमै कमी छ।

यहाँ मैले सोचेको भन्दा धेरै संख्यामा नेपाली विद्यार्थीहरु रहेको पाएँ। कोरियाका राम्रा विश्वविद्यालयमा अध्ययन गरेर यहाँ सिकेको सिप, ज्ञान, कोरियाको विकासको अनुभवलाई नेपाली विद्यार्थीहरुले नेपाल फर्केर पुलको रुपमा काम गर्नुहुनेछ भन्ने मेरो विश्वास छ। त्यो पनि हाम्रो लागि ठूलो पुँजीको रुपमा प्रयोग हुनसक्ने सम्भावना मैले देखेको छु।

कोरियाको यातायातसम्बन्धी सरकारी नीतिनिर्माणको तहमा पेसागत समाज वा व्यक्तिहरुको ठूलो भूमिका रहेको देखियो। विशुद्ध पेशागत समाजले सरकारको नीतिनिर्माणलाई विवादरहित ढंगबाट मध्यस्थता गरेर समायोजन गरिदिने काम गर्छ। किनकी पेसागत समाज भनेको त विज्ञानमा आधारित हुन्छ, अनुसन्धान र वस्तुगत कुराहरुमा आधारित हुन्छ।

हामीले त सबै पेसागत समाज, संघसंस्थाहरुलाई अनावश्यक राजनीतिकरण गरेर निकम्मा जस्तै बनाएका छौं। त्यसकारण नेपालमा पनि त्यस किसिमका अध्ययन अनुसन्धानका लागि राजनीतिकरण नगरिकन वातावरण बनाएर काम गर्ने हो भने त्यसले सरकारी नीतिनिर्माणमै ठोस उपलब्धिमुलक भूमिका खेल्न सक्ने देखिन्छ।

म राजनीति सुरु गर्नुभन्दा निक्कै अघिदेखि नै टोकियोमा काम गर्थें। त्यसबेला देखि नै म अन्तर्राष्ट्रिय ट्रान्सपोर्टेसनको प्राज्ञहरुको सञ्जालमा आवद्ध छु। मेरो त्यो रिसर्चरहरुको नेटवर्कमा पुरानो सम्बन्ध छ। मेरो पार्टीमा पनि म पोलिसी डिपार्टमेन्टको प्रमुख छु। त्यसले गर्दा यस किसिमको छलफलमा मेरो एक्स्पोजरले पार्टीलाई पनि प्रत्यक्षरुपमा फाइदा पुगेको छ।

हामी अहिले साझा पार्टीमा हरेक क्षेत्रको नीतिनिर्माणमा लागेका छौं। अहिले पनि कतिपय नीतिनिर्माणका कुराहरुमा हाम्रो स्पष्ट दृष्टिकोण छ, जुन अन्य ठूला राजनीतिक दलहरुभन्दा फरक छ। हामीले बेला-बेलामा ति कुराहरु सार्वजनिक पनि गर्ने गरेका छौं।

प्रकाशित मिति: शुक्रबार, साउन २४, २०७६  २३:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गृहमन्त्रीले गरे बुढीगण्डकी बाढी प्रभावित क्षेत्रको निरीक्षण
सुनकोशीमा दुर्घटनाकी घाइते महिलालाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो
रौतहट जाँदै गरेको माइक्रोबस भीमफेदीमा दुर्घटनाग्रस्त हुँदा ११ घाइते, एकको अवस्था गम्भीर
सम्बन्धित सामग्री
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? हालको सिजन नरेन्द्र मोदीको सत्ताका २५ वर्ष र त्यसपछिको समयका बारेमा छलफल गर्ने चलिरहेको छ। उनका समर्थकहरू उत्सव मनाइरहेका छन्। उनको... आइतबार, असोज २५, २०८३
महासभाको मञ्चमा नेपाल : परराष्ट्रमन्त्री खनाल उच्चस्तरीय सत्रमा सहभागी मन्त्री खनालसँगै परराष्ट्र सचिव अमृतबहादुर राई, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, सहसचिव कृष्णप्रसा... मंगलबार, असोज ६, २०८३
नेपाल–युगान्डाबीच नामको मन्त्रीस्तरीय बैठकबारे छलफल महासभाको उच्चस्तरीय छलफलका क्रममा दुवै मन्त्रीबीच साइडलाइनमा भएको भेटमा असंलग्न आन्दोलन (नाम) का गतिविधि तथा आगामी मन्त्रीस्तरीय बैठ... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
गृहमन्त्रीले गरे बुढीगण्डकी बाढी प्रभावित क्षेत्रको निरीक्षण आइतबार, कात्तिक १, २०८३
सुनकोशीमा दुर्घटनाकी घाइते महिलालाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो आइतबार, कात्तिक १, २०८३
रौतहट जाँदै गरेको माइक्रोबस भीमफेदीमा दुर्घटनाग्रस्त हुँदा ११ घाइते, एकको अवस्था गम्भीर आइतबार, कात्तिक १, २०८३
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ? आइतबार, कात्तिक १, २०८३
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्