काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य सामान्य रुपमा घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार १ सय रुपैयाँमा किनबेछ भइरहेको छ । निरन्तर बढेको सुन शुक्रबार (आज) तोलामा ४ सय रुपैयाँ घटेको हो ।
त्यसैगरी, आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेर प्रतितोला एक हजार ९ सय ८५ रुपैयाँमा किनबेच भइरहेको छ । बिहीबार पनि चाँदी तोलामा सामान्य अंकले बढेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।