काठमाडौं- नेकपा एमालेले सरकारका पछिल्ला निर्णयहरूबारे आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ।
सरकार परिवर्तनको समयमा कामचलाउ सरकारले गरेका निर्णयको बारेमा आफ्नो धारणा सार्वजनिक गर्न अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलन आयोजना गरेका हुन्। पत्रकार सम्मेलन अपराह्न ४ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा हुँदैछ।
चुनाव सकेर कामचलाउ बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले दीर्घकालीन प्रकृतिका निर्णयहरु गर्दै आएको छ। बिहीबारको मन्त्रिपरिषद् बैठकले वृद्धभत्ता पाउने उमेर ७० बाट घटाएर ६५ वर्ष बनाएको छ।
प्रहरीको सेवावधि ३० वर्षबाट घटाउने तयारी गरिरहेको, भूकम्पपीडितलाई एक लाख थप गरेको र विभिन्न निकायमा भइरहेको नियुक्तिबारे एमालेले आफ्नो धारणा सार्वजनिक गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।