काठमाडौं– नेपाल एसबिआई बैंकको खुद मुनाफा २० दशमलव ३३ प्रतिशतले बढेको छ। बैंकले आर्थिक वर्ष २०७४/०७५ को दोस्रो त्रैमासमा ९१ करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेको छ। बैंकले गत वर्षको पुसमा ७५ करोड ८७ लाख रुपैयाँ नाफा कमाएको थियो।
बैंकले खुद ब्याज आम्दानी एक अर्ब ८८ करोड रुपैयाँ आर्जन गरेको छ। बैंकले गत वर्ष एक अर्ब ४५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।
बैंकले ६ महिनाको अवधिमा निक्षेप ८५ अर्ब १६ करोड रुपैयाँ संकलन गर्न सफल भएको छ। बैंकले गत आवको सोही अवधिमा ७७ अर्ब ५९ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो। त्यस्तै कर्जामा ७१ अर्ब ३४ करोड रुपैयाँ लगानी गरेको छ। गत वर्ष सोही अवधिमा ५९ अर्ब ७७ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।
बैंकको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ६९ रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जा ०.१३ प्रतिशत रहेको छ। बैंकको पुँजी कोष अनुपात १५ दशमलव १३ प्रतिशत छ। बैंकको आधार ब्याज दर ९.५० प्रतिशत रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।