काठमाडौं- सरकारले सातै प्रदेशमा प्रमुख सचिव नियुक्त गरेको छ। निजामती कर्मचारीको प्रदेशको इन्चार्जको प्रमुखका रुपमा प्रमुख सचिव नियुक्त गरिएको छ।
क्षेत्रीय प्रशासकलाई हटाएर प्रमुख सचिव नियुक्त गरिएको हो। उनीहरुले मुख्यमन्त्रीको कार्यालयमा काम गर्नेछन्। ६ जना सचिवलाई प्रमुख सचिवका रुपमा नियुक्त गरिएको छ। त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत सहसचिव यादब कोइरालालाई कामु सचिव बनाएर प्रदेशमा खटाइएको छ। बुधबारको मन्त्रीपरिषद्को बैठकले प्रमुख सचिव नियुक्त गरेको हो।
को-को नियुक्त भए ?
प्रदेश १ : यादव कोइराला
प्रदेश २ : राजेश्वरमान सिह
प्रदेश ३ : रेश्मीराज पाण्डे
प्रदेश ४ : लक्ष्मण अर्याल
प्रदेश ५ : शंकर पाठक
प्रदेश ६ : सुरेश प्रधान
प्रदेश ७ : लक्ष्मीराज पौडेल
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।