काठमाडौं- सामाखुसीस्थित शिवाकोटी म्यानपावर सर्भिसमा वैदेशिक रोजगार विभागको टोलीले छापा मारेको छ।
युएई रोजगारीमा पठाउन कामदारहरुसँग १ लाख १० हजार रुपैयाँ लिएको भन्ने सूचनाका आधारमा विभागले शुक्रबार छापा मारेको हो।
दुई जना कामदारबाट प्रतिकामदार १ लाख १० हजार रुपैयाँ लिँदै गरेको अवस्थामा म्यानपावरका प्रतिनिधिलाई फेला पारिएको विभागका महानिर्देशक भीष्मकुमार भुसालले जानकारी दिए।
कामदारबाट १० हजारभन्दा बढी रकम असुली गर्ने म्यानपावर कम्पनीमाथि विभागले 'स्टिङ अप्रेसन' सुरु गरेको महानिर्देशक भुसालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।