काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले भिजिट नेपाल २०२० सफल बनाउन २० हजार पर्यटन व्यवसायीलाई खाकासहित टुँडिखेलमा राखेर सपथ गराउने बताएका छन्।
भिजिट नेपाल २०२० कार्यक्रम नेपालको पर्यटन क्षेत्रका लागि जीवनमरणको सवाल भएको भन्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा व्यवसायीहरुलाई सपथ गराउने बताएका हुन्।
मन्त्री भट्टराईले यो कार्यक्रमबाट कोही पनि भाग्न नपाउने र आफू पनि नभाग्ने प्रतिबद्धता जनाएका छन्।
भिजिट नेपालका विषयमा पर्यटन व्यवसायीसँगको छलफलमा भट्टराईले सबैलाई सहयोग गर्न अपिल गरेका छन्।
भट्टराईले पर्यटकका लागि भिसा शुल्क मिनाहा गर्ने विषयमा त्यसले अर्थतन्त्रमा पार्ने प्रभाव मूल्यांकनपछि मात्रै कदम चाल्ने बताए। उनले हवाई भाडा न्यूनीकरण र हवाई इन्धनको मूल्य घटाउन आफूले सकेको पहल गर्ने पनि बताए। तर आन्तरिक हवाई भाडा महँगो हुनुमा पर्यटन व्यवसायीको समेत मिलोमतो रहेको उनले शंका गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।