इथियोपिया - अफ्रिकी देशहरुका ४० जना भन्दा बढी राष्ट्रप्रमुख र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेससहितको सम्मेलन हुने भएको छ। इथियोपियाका उच्च अधिकारीहरूले बुधबार दिएको जानकारी अनुसार ३०औं अफ्रिकी युनियन(एयु) को सम्मेलनमा उनीहरुको भेट हुने भएको हो।
अफ्रिकी देशहरूको राजनीति र सुरक्षाका विषयमा छलफल केन्द्रित हुने अपेक्षा गरिएको इथियोपियाका विदेश मन्त्री वर्कनेह गेबेयेहुले सञ्चारकर्मीलाई जानकारी दिए। 'अफ्रिकाको दिगो रुपान्तरणका लागि भ्रष्टाचार विरुद्धको लडाई जितौं' भन्ने मुल नाराका साथ अफ्रिकी युनियनको ३०औँ सम्मेलन सोमबारदेखि इथियोपियामा शुरु भएको छ।
बर्षमा दुई पटक हुने यो सम्मेलन यही जनवरी २९ सम्म चल्ने भएको छ। युनियनले सन् २०१८ लाई अफ्रिकाको भ्रष्टाचार विरुद्धको वर्ष घोषणा गरेको छ। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।