कराकस - भेनेजुयलाको संविधान सभाले आगामी अप्रिल ३० भित्र निर्वाचन गर्न निर्देशन दिएको छ।
राष्ट्रपति निकोलास मादुरोले आँफू निर्वाचनबाट पुनः जनादेश लिई दोस्रो कार्यकाल सम्हाल्न तयार रहेको मङ्गलबार बताएका थिए। प्रजातान्त्रिक अधिकारका लागि गरेको मादुरो विरोधी आन्दोलनलाई दबाएको भन्दै यूरोपियन यूनियनले भेनेजुयलाका सात उच्च पदस्थ अधिकारीलाई यूरोप प्रवेशमा प्रतिबन्ध लगाएपछि भेनेजुयलामा निर्वाचनको घोषणा भएको हो।
सभाका उप–प्रमुख तथा प्रतिबन्धित सदस्य डियोसदादो कावेलोले भने,'यदि विश्वले प्रतिबन्धलाई कार्यान्वयनमा लान चाहने हो भने हामी निर्वाचनमा जान्छौँ। भेनेजुयलाका बोलिभरिएन(सायमन बोलिभरले १९औँ शताब्दीको शुरुमा भेनेजुयला र ल्याटिन अमेरिकामा चल्तीमा ल्याएको राजनीतिक तथा सामाजिक न्यायको सिद्धान्त) शक्तिले चाहेको पुनः निर्वाचन नै हो भने म उम्मेदवारी दिन तयार छु।'
पूर्व राष्ट्रपति ह्युगो चाभेजको मन्त्रीपरिषदमा विदेश मन्त्रीको जिम्मेवारी सम्हालेका मादुरो चाभेजको क्यान्सरको उपचारका क्रममा सन् २०१३ मा निधन भएपछि राष्ट्रपतिको भूमिका थिए।
मादुरोको गठबन्धन सरकारमा करिब दुई दर्जन फरकफरक विचार बोकेका दलहरूको सम्लग्नता रहेको छ।
गतबर्ष भेनेजुयलामा खाद्यान्न अभाव, उच्च मुद्रास्फिति, गिर्दो तेल उत्पादन लगायतका कैयौँ समस्या समाधानका लागि सरकार असफल भएको भन्दै जनता विरोधमा उत्रिँदा अर्थतन्त्रमा नराम्रो प्रभाव परेको थियो। रासस/एएनआई
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।