काठमाडौं– सरकारले बुधबार दुई ‘लोकप्रिय’ निर्णय गरेको छ। ६५ वर्ष उमेरमै बृद्धभत्ता दिने र भूकम्पपीडितलाई घर बनाउन थप एक लाख रुपैयाँ अनुदान दिने निर्णय गरेको छ।
यसअघि सरकारले ३ लाख दिने निर्णय गरेको थियो। कुनै अध्ययन र माग बिना नै सरकारले सस्तो लोकप्रियताका लागि यस्तो निर्णय गरेको प्रधानमन्त्री कार्यालयका एक कर्मचारी बताउँछन्। यसबाट स्रोत जुटाउन समस्या हुने उनीहरुको भनाई छ।
बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले ६५ वर्ष उमेरमा बृद्धभत्ता दिने निर्णय पनि गरेको छ।
यसअघि ७० वर्ष पुगेकालाई मात्र बृद्धभत्ता दिने प्रावधान थियो। नेपालीहरुको औसत आयु बढ्दै गएपनि सरकारले ६५ वर्ष उमेरमै बृद्धभत्ता दिने निर्णय गरेको हो।
सामान्यतया बजेटमा यस्ता कार्यक्रम समाबेश हुने भएपनि कामचलाउ सरकारले यस्ता महत्वपूर्ण कार्यक्रम सार्वजनिक गरेपछि कतिपयले यसको आलोचना गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।