काठमाडौं- सुजुकी दुईपांग्रेको नेपालका लागि आधिकारिक बिक्रेता भिजी सुजुकीले नाडा अटो शोमा यो वर्ष दुई नयाँ मोडलका ६ भेरियन्ट ल्याउने भएको छ। पछिल्लो समय सुजुकी नेपाली बजारमा आक्रामक देखिएको छ।
भदौ १० गतेदेखि हुने अटो शोमा सुजुकीका जिक्सर २०५ र जिक्सर १५० मुख्य आकर्षणको रुपमा रहने भिजी सुजुकीका बजार प्रमुख समित सिंहले जानकारी दिए।
कम्पनीले दुई महिनाअघि भारतीय बजारमा सार्वजनिक भएको जिक्सर २५० एसएफ मोडललाई नेपाली बजारमा सार्वजनिक गर्न लागेको हो। यो मोडल नेकेड र एसएफ दुवै भर्सनमा उपलब्ध हुनेछ।
सुरक्षालाई मध्यनजर गर्दै जिक्सर २५० मा डूअल च्यानल स्टायडर्ड एबिएसको विशेषता छ। यसमा उपलब्ध २४९ सिसी सिगंल सिलिन्डर एसओएचसी इन्जिनले ९ हजार आरपिएममा २६.५ बिएच पावरका साथै ७५ सय आरपिएममा २२.६ एनएम टर्क उत्पादन गर्छ।
साथै, यसको इन्जिनमा ६ स्पिड ट्रान्समिसन लगाइएको छ। मोटरसाइकलमा फ्युल इन्जेक्सन प्रणाली (एफआई) दिइएको कम्पनीले जनाएको छ। यस मोटरसाइकलमा १२ लिटर इन्धन अट्ने फ्युल ट्यांकी छ।
जिक्सर १५० मा एलइडी हेडल्याम्प डिजाइन, चिल्स फ्युल ट्यांक, जिक्सर ग्राफिक्सको विशेषता दिइएको छ भने यसमा १२ लिटरको इन्धन ट्यांकी रहेको छ।
यसमा उपलब्ध १५५ सिसी सिंगल सिलिन्डर इन्जिनले, १४.१ पिएस पावरका साथै १४ एनएम टर्क उत्पादन गर्छ। बिएस–६ मापदण्ड अनुसारको यस इन्जिनमा पाँच स्पिड ट्रान्समिसन दिइएको छ।
यी दुई मोडलका साथै सुजुकीका बर्गम्यान, एसेस र लेट्स स्कुटरसमेत प्रदर्शनीका लागि राखिने कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।