• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, साउन २५, २०८३ Mon, Aug 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

सप्तरीमा सम्बन्ध विच्छेद माग्ने पुरुषहरु बढे, स्थानीय न्यायिक समितिमा निवेदनको चाङ 

64x64
नेपाल लाइभ बिहीबार, माघ ११, २०७४  ०५:५९
1140x725

राजविराज– सप्तरीको राजविराज नगरपालिका ६ का राकेश महर्जनले गत पुस ३० गते पत्नी कल्पना खनालसँग सम्बन्ध विच्छेदका लागि निवेदन दिए। ४ वर्षदेखि अलग्गै रहेको र अब पनि सँगै बस्न नसक्ने भन्दै उनले सम्बन्ध विच्छेदका माग गर्दै निवेदन दिएका हुन्।

राकेशले ०६२ माघ १ गते गोर्खाको थालाजुङ ३ की कल्पना खनालसँग प्रेम विवाह गरेका थिए।  उनीहरुले राजविराज नगरपालिकामा विवाह दर्ता गरेका थिए। दुई वर्षसम्म सम्बन्ध राम्रै चलेको थियो। ०६४ मंसिर २५ गते उनीहरुकी छोरी (कृति) जन्मिइन्।

‘त्यसपछि एकाएक कल्पनाको व्यवहारमा परिवर्तन देखिन थाल्यो, त्यसको असर विस्तारै सम्बन्धमा पर्योप’, उनको  निवेदनमा उल्लेख छ, ‘सुधार होला भन्दै प्रतीक्षा गरेँ, तर त्यस्तो भएन।’

आवश्यकता बढ्दै र व्यवहारले थिच्दै लगेपछि ०७० असोज १६ गते राकेश विदेश गए। यसैबीचमा घरमा कसैलाई जानकारी नै नदिई कल्पना माइत गइन्। उनीहरुबीच सम्पर्क बन्द भयो। राकेशले ०७४ साउन महिनामा घर फर्किएर श्रीमती र छोरीको खोजी गरे। जानकारी नै नभएको जवाफ दिँदै आएका ससुराली पक्षले राकेशको दबावपछि बल्ल मुख खोले। कल्पनाले ४ वर्षअघि धर्म परिवर्तन गरी क्रिस्चियन बनेर छोरीसहित भारतमा बसोबास गर्दै आएको खबर उनले सुने।

लामो समयदेखि पत्नीसँग सम्पर्क नभएकाले अब सम्बन्ध विच्छेद गर्ने निष्कर्षसहित उनले नगरपालिकामा निवेदन दिएका हुन्।

यसैगरी, राजविराज नगरपालिका वडा नम्बर २ का देवेन्द्रप्रसाद देवले पत्नी रञ्जनासँग सम्बन्ध विच्छेदको मागसहित गत बैशाख २२ गते निवेदन दर्ता गराएका छन्। ०६२ असार २६ गते मागी विवाह गरेका दुवैबीच सुरुवाती समयदेखि नै राम्रो सम्बन्ध भएन।

‘विवाहको पहिलो दिन कल्पनाले मसँग कुरा गर्नै मानिनन्, नबोलेरै रात बित्यो’, उनले आफनो निवेदनमा उल्लेख गरेका छन्, ‘निकै दबाव दिएपछि आफ्नो अर्कै केटासँग प्रेम रहेको र बाबुामाको करकापमा विवाह गर्नुपरेको भन्दै कल्पनाले मलाई पति अस्वीकार गरिन्।’

उनले परिवारलाई समस्या बताए। समाजमा इज्जत जाने पीरले जसोतसो सम्बन्ध धान्दै गए। तर, पत्नीमा कुनै परिवर्तन नदेखिएपछि दुवै परिवारको सल्लाह अनुसार साउन ५ गते माइती पठाइदिए। सम्बन्ध सुधारेर बस्न बाबुआमाले दिएको दबाव थेग्न नसकेर रञ्जनाले विष सेवन गरिन्। सगरमाथा अञ्चल अस्पतालमा ६ दिन उपचारपछि उनको ज्यान बच्यो।

nimb
nimb
Ncell 2
Ncell 2

सम्बन्ध विच्छेद गराउने सर्तमा ०६४ भदौ १ गते उनी घर फर्किइन्। यसैबीचमा ०६५ जेठ १६ गते उनीहरुका छोरा (कृष्णमोहन) को जन्म भयो। अपेक्षा विपरीत कल्पना ०६५ कात्तिक २० गतेपछि छोरासहित माइत बस्न थालिन्। कल्पनाले आफूलाई पति मान्न अस्वीकार गरेको र सम्बन्ध विच्छेद पनि चाहेकाले सोही अनुरुप गरिपाऊँ भनी उनले दिएको निवेदनमा माग गरिएको छ। नगरपालिकाले उनको निवेदन तामेलीमा राखेको छ।


राजविराज नगरपालिका


स्थानीय सरकार सञ्चालन ऐन ०७४ ले न्यायिक समिति मार्फत विभिन्न १३ प्रकारका मुद्दा निरुपण गर्न सक्ने अधिकार दिएपछि यतिबेला नगर तथा गाउँपालिकामा सम्बन्ध विच्छेदका निवेदन आउन थालेका हुन्। यसअघि भने यस्ता निवेदन जिल्ला अदालतले मात्र हेर्ने गर्थ्यो।

स्थानीय तहमा पुरुष वादी भएका सम्बन्ध विच्छेदका निवेदन समेत धमाधम दर्ता हुन थालेका छन्। राजविराज नगरपालिकाका प्रशासकीय अधिकृत प्रफुल्ल श्रेष्ठका अनुसार चालु आर्थिक वर्षमा दर्ता भएका कुल ७ मध्ये ६ वटा मुद्दा सम्बन्ध विच्छेदका मात्रै छन्। जसमध्ये ५ वटा मुद्दालाई म्याद तामेल गरिएको जानकारी दिँदै अघिल्लो वर्षको तुलनामा यस वर्ष सम्बन्ध विच्छेदका मुद्दा बढेको उनले बताए। 

यो आर्थिक वर्षमा दर्ता भएकामध्ये एक थान निवेदन मात्र महिलाले दर्ता गरेको देखिन्छ। 

पुरुषले सम्बन्ध विच्छेदका लागि मुद्दा हाल्नेबारे के छ कानुनी प्रावधान?

मुलुकी ऐनमा लोग्ने-स्वास्नीको महल दफा १ को (क) मा लोग्ने मानिसले सम्बन्धित गाविस/नगरपालिकामा ३ वर्षसम्म लोग्नेको मञ्जुरी बेगर अन्यत्र बसेमा/निजको इज्जतमा पर्ने गरी ज्यान जाने, अंगभंग गर्ने, मानसिक कष्ट दिने कार्य गरेको वा यौन सम्बन्धी रोग लागी निको नहुने भएमा वा अरु पुरुषसँग करणी गराएमा पतिले गाविस/नपा (हाल गापा/नपा) मा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्न पाउने व्यवस्था गरेको छ। 

सम्बन्ध विच्छेदका लागि महिलाले सीधै अदालतमा मुद्दा दर्ता गर्न पाउने व्यवस्था भए पनि पुरुषका हकमा स्थानीय तह मार्फत जानुपर्ने व्यवस्था रहेको अधिवक्ता तथा राजविराज नगरपालिकाका कानुनी सल्लाहकार शिवकुमार चौधरी बताउँछन्।

स्थानीय सरकार सञ्चालन ऐन ०७४ को परिच्छेद ८ को दफा ४६ मा उपमेयर/उपाध्यक्षको संयोजकत्वमा ३ सदस्यीय न्यायिक समिति गठन हुने ब्यवस्था छ। दफा ४७(१) अनुसार समितिले १३ वटा मुद्दा निरुपण गर्न सक्छ।

मुद्दा दर्ता भएपछि दफा ४७ को उपदफा २(ग) अनुसार समितिले प्रतिउत्तरका लागि दोस्रो पक्षलाई म्याद दिई सामेल गराई तारेखमा राख्ने, मेलमिलाप गराउने र १ वर्षभित्र मुद्दा किनारा नलागे रायसहित फाइल (मुद्दा) सम्बन्धित अदालतमा पठाउने व्यवस्था छ।

राजविराज नगरपालिकामा ०७४/७५ मा दर्ता भएका मुद्दाको अवस्था:

जिल्ला अदालतमा पनि उस्तै

जिल्ला अदालत राजविराजमा चालु आर्थिक वर्षमा कुल ३९ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन्। जसमध्ये २७ वटा मुद्दा विचाराधीन छन् भने १२ वटा मुद्दाको फैसला भएको छ।

अदालतका तहसिलदार किरण सिंहका अनुसार ०७२ देखि हालसम्म दर्ता भएका कुल २ सय ६ मध्ये १ सय ५८ वटा सम्बन्ध विच्छेदका मुद्दाको फैसला भइसकेको छ। ४८ वटा मुद्दा किनारा लाग्न बाँकी छ। 

बढ्दो सम्बन्ध विच्छेद र कारण

बदलिँदो सामाजिक परिवेश, पश्चिमा संस्कृतिको प्रभाव र वैदेशिक रोजगारीका कारण सम्बन्ध विच्छेदका मुद्दा प्रतिदिन बढ्दै गएको जानकारहरु बताउँछन्। 

वैदेशिक रोजगारीका कारण लामो समयसम्म पति–पत्नी छुट्टिएर बस्नुपर्दा सम्बन्धमा दरार उत्पन्न हुने गरेको राजविराज ७ का वैजनाथ जोशी बताउँछन्।

‘निवेदनमा जेसुकै लेखिएको भए पनि भित्री कुरा चाहिँ एक–आपसको सम्बन्ध नै हो’, उनी भन्छन्, ‘स्थानीय स्तरमा रोजगारीको व्यवस्था र नैतिक शिक्षालाई विस्तार गर्न सके सम्बन्ध विच्छेदको संख्या आधा घटाउन सकिन्छ।’

प्रकाशित मिति: बिहीबार, माघ ११, २०७४  ०५:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पत्रकारसँग प्रचण्डका १० कुरा : बालेनदेखि रवि, संविधान संशोधनदेखि वाम–लोकतान्त्रिक सहकार्यसम्म
सुनसरी घटनामा ज्यान गुमाएका रवीन्द्र मेहतालाई सहिद घोषणा गरिने, भयो ७ बुँदे सम्झौता
कुशल भूर्तेल ‘ए’ टोलीमा
सम्बन्धित सामग्री
नेपाल महिला संघको अबको भूमिका के? दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम, अपाङ्गता भएका र दुर्गम क्षेत्रका महिलाहरूलाई संघको नीति निर्माण र निर्णायक तहमा अनुपातिक र सम्... शनिबार, साउन २३, २०८३
नेपालको राजनीति: दलगत विभाजनभन्दा माथि उठेर जनमुखी राजनीति कहिले? लोकतान्त्रिक पार्टीभित्र विचार फरक हुनु अस्वाभाविक होइन। तर ती मतभेद सार्वजनिक प्रतिस्पर्धा र शक्ति प्रदर्शनमा परिणत हुँदा त्यसले पा... शनिबार, साउन ९, २०८३
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले देशमा आपतकाल घोषणा गर्दै भारतलाई खुला जेलजस्तै अवस्थामा पुर्‍याइन्। आखिर आपतकाल कसरी घोषणा भ... शनिबार, साउन ९, २०८३
ताजा समाचारसबै
पत्रकारसँग प्रचण्डका १० कुरा : बालेनदेखि रवि, संविधान संशोधनदेखि वाम–लोकतान्त्रिक सहकार्यसम्म सोमबार, साउन २५, २०८३
सुनसरी घटनामा ज्यान गुमाएका रवीन्द्र मेहतालाई सहिद घोषणा गरिने, भयो ७ बुँदे सम्झौता सोमबार, साउन २५, २०८३
कुशल भूर्तेल ‘ए’ टोलीमा सोमबार, साउन २५, २०८३
राइड सेयरिङ सेवामा ५ प्रतिशत अतिरिक्त शुल्क, यात्रुको भाडा बढ्ने सोमबार, साउन २५, २०८३
विद्रोही पक्षको दबाबले छोएन, महाधिवेशनको तयारी थाल्ने कांग्रेसको निर्णय सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
किशोरीको डिम्ब निकालेको घटना : प्रहरी बयानमा के भनिन् डा नुतनले? आइतबार, साउन २४, २०८३
फिल्मका लागि घर बोलाएर नशालु पदार्थ खुवाई बलात्कार, भिडियोसमेत बनाएर ब्ल्याकमेल, ७३ वर्षीय निर्देशक शकील नूरानी पक्राउ सोमबार, साउन २५, २०८३
बालुवाटारमा प्रधानमन्त्री बालेन र रविबीच भेट, के भयो कुराकानी ? आइतबार, साउन २४, २०८३
रविका ‘राइट ह्यान्ड’ दीपक बोहोराले गरिरहेको संकेत के हो ? सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपाल महिला संघको अबको भूमिका के? डा. डिला संग्रौला
नेपालको राजनीति: दलगत विभाजनभन्दा माथि उठेर जनमुखी राजनीति कहिले? सुरेश गिरी
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
जेलमुक्त पत्रकार खेम भण्डारीले के भने ? (भिडियो) शनिबार, साउन २३, २०८३
किशोरीको डिम्ब निकालेको घटना : प्रहरी बयानमा के भनिन् डा नुतनले? आइतबार, साउन २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्