तनहुँ– तनहुँको ब्यास नगरपालिका १२ घासिकुवामा ट्रकमा मोटरसाईकल ठक्कर ठोक्किदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाईकल चालक कास्कीको पोखरा लेखनाथ महानगरपालिका–६ बस्ने ३० वर्षिय बिबेक अधिकारी छन्।
दुर्घटनामा परि गम्भिर घाईते भएका अधिकारीको गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा मृत्यु भएको हो।
बुधबार दिउँसो साढे १२ बजे दमौलिबाट डुम्रेतर्फ जाँदै गरेको ग १० प ३९०१ नम्बरको मोटरसाईकल सोहि दिशातर्फ जाँदै गरेको ग १ ख ४५८० नम्बरको ट्रकमा ठोक्किदा दुर्घटना भएको हो। दुर्घटनामा संलग्न दुबै सवारी साधन र ट्रक चालकलाई जिल्ला प्रहरी कार्यालय तनहँुले नियन्त्रणमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।