• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

मोदी सम्बोधनका प्रमुख दुई सन्देश, काश्मीरीलाई फकाउने प्रयास

64x64
नेपाल लाइभ शुक्रबार, साउन २४, २०७६  १०:२२
1140x725

नयाँ दिल्ली- सात दशकदेखि पाइरहेको विशेष स्वायतत्तासहितको अधिकार जम्मू काश्मीरबाट खोसेको ४ दिनपछि बिहीबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रका नाममा सम्बोधन गरे। करिब ३८ मिनेटको सम्बोधनमा मोदीले आफ्ना धेरै शब्द मूलतः विशेष अधिकारबाट मुक्त पारिएका काश्मीरीलाई फकाउनमा खर्च गरे। 

संविधानको धारा ३७० खारेज गर्ने आफ्नो कदमलाई मोदीले नयाँ युगको सुरुवातको रुपमा अर्थ्याएका छन्। त्यस क्रममा उनले काश्मीर र काश्मीरीको सुन्दरतामा धेरै शब्द खर्चिएर उनीहरुको मन जित्ने प्रयत्न गरे। 

केन्द्र शासित हुन गइरहेको जम्मू काश्मीर र नयाँ प्रान्त बनेको लद्दाखका अब सुनौलो दिन सुरु हुने उनको दाबी छ। आफूले अब जम्मू काश्मीरको विकासलाई प्राथमिकता दिने र त्यसको खाका छिट्दै ल्याउने भन्दै आश्वस्त पार्न खोजे। 

जम्मू काश्मीर र लद्दाख सुन्दरतामा आलौकिक भएको बताएका उनले अब आफूले बलिउडका कलाकारलाई फिल्म छायांकनका लागि जम्मू काश्मीर र लद्दाखमा जान आग्रह गर्ने बताए। जम्मू काश्मीर र लद्दाख बहुमूल्य जडीबुटीको खानी रहेको भन्दै त्यसलाई विश्वबजारमा निर्यात गरेर त्यहाँ समृद्धि ल्याउने भन्दै मोदीले आश्वसान दिए। 

सम्बोधनको भिडियो-

४ दिनदेखि सञ्चारबाट विमुख भएको काश्मीर र लद्दाखमा सधैं त्यस्तो माहोल नहुने भन्दै उनले इदका लागि सबैलाई शुभकामना पनि दिएका छन्। त्यहाँ लागेको कर्फ्यु पनि इदलाई ख्याल गरेर शुक्रबारदेखि केही खुकुलो बनाइने उनको भनाइ थियो।

उनले काश्मीरबाहिर रहेकाहरुलाई इद मनाउन घर आउने वातावरण सहज बनाउका लागि सरकारले सकेजतिको कोसिस गर्ने आश्वासन दिएर काश्मीरीको मन जित्ने प्रयास गरे।

Ncell 2
Ncell 2
nimb
nimb

केही दिनदेखि भोग्नुपरेको कर्फ्युका बाबजुद पनि काश्मीरी जनताले धैर्य देखाएर त्यहाँ द्वन्द्व भड्काउन चाहनेलाई जवाफ दिएको दाबी गरेका मोदीले त्यसलाई आफ्नो कदममा काश्मीरी जनताको अनुमोदनका रुपमा व्याख्या गरेका छन्।

धेरैको अनुमान मोदीले आफ्नो सम्बोधनका क्रममा पाकिस्तानविरुद्ध कडा आक्रोश पोख्नेछन् भन्ने पूर्वमानुमान गरेका थिए तर उनले त्यसो गरेनन्। सम्बोधनका क्रममा उनले पाकिस्तनको नाम केवल एक पटक मात्रै लिए। 

संसदमा आफ्नो कदमविरुद्ध  खडा भएका विपक्षी कांग्रेस आई र अन्य केही दलप्रति पहिले भन्दा उनी निकै नरम रुपमा प्रस्तुत भए। उनीहरुप्रति उनले खासै आलोचनका शब्द प्रयोग गरेनन्। उल्टै संसदमा आफूले सरकारको प्रस्ताव पक्षमा कसले मतदान गर्‍यो र कसले विपक्षमा गर्‍यो भन्ने कुराको पछि नलाग्ने भन्दै सबैलाई एकजुट हुन आह्वान गरे। 

सम्बोधनका क्रममा मोदीले भारतीय सेनाप्रति प्रशंसाका शब्द खर्चिएर सेनालाई पनि खुसी राख्न प्रयत्न गरे। काश्मीरमा खटिएका सेनाको प्रशंसा गर्दै उनले विगतमा सेनाका जवानले पाएका पदकको चर्चासमेत गरे। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

काश्मीर मामिलामा एकजुट हुन देशवासीलाई आह्वान गरेका मोदीले यसमा सार्वजनिक रुपमा अन्तर्राष्ट्रिय समुदायको साथ खोजेनन्।

यसबाट उनले मुख्यगरी दुई सन्देश दिन खोजेको देखियो। 

पहिलो- भित्रभित्रै आफ्नो कदममा अन्तर्राष्ट्रिय साथका लागि कूटनीतिक पहल गरेका मोदीले सार्वजनिक रुपमा अन्तर्राष्ट्रिय समुदायको साथ नखोजेर काश्मीर आफ्नो विशुद्ध आन्तरिक मामिला भएको सन्देश दिए। 

दोस्रो- काश्मीर मामिला ‘डिल’ गर्न आफू सक्षम भएको र यसमा कुनै बाह्य मध्यस्थता वा सहयोगको आवश्यकता नभएको पनि स्पष्ट पारे। (तस्बिर : indiatoday)

प्रकाशित मिति: शुक्रबार, साउन २४, २०७६  १०:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन
सम्बन्धित सामग्री
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए प्रहरीले सोमबार दिएको जानकारीअनुसार अब रामलीला मैदान, बुराडी मैदान र पूर्वी दिल्लीस्थित सीबीडी मैदानमा विरोध प्रदर्शन गर्न सकिनेछ । सोमबार, असोज २६, २०८३
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार रोबर्ट हल र माइकल उडफोर्डलाई रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले उनीहरूलाई ‘समष्टिगत आर्थिक स्थिरीकरणका व्यष्टिगत आर्थिक आधारहरू’ को खोज तथा विकासका लागि यो प्रति... सोमबार, असोज २६, २०८३
विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) को सोमबार सार्वजनिक प्रतिवेदनअनुसार विश्वभर तीव्र गरिबीमा बाँचिरहेका मानिसको सङ्ख्य... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ सोमबार, असोज २६, २०८३
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्