काठमाडौं - जर्मन क्लब बायर्न म्युनिखले मैत्रीपूर्ण खेलमा एफसी रोट्याग एगर्नलाई २३-० ले हराएको छ। बायर्नको जितमा पाँच खेलाडीले ह्याट्रिक पूरा गरेका छन्।
खेलको छैठौँ मिनेटमा नै रेनाटो सान्चेजको गोलबाट अग्रता बनाएको बायर्नले त्यसपछि पनि लगातार गोल गरिरह्यो। पहिलो हाफमा ११ गोल गरेको बायर्नले दोस्रो हाफमा १२ गोल गरेको हो।
एकतर्फी खेलमा रोबर्ट लेवान्डोस्की, थोमस मुलर, वेकएरे वेरिड र लियोन गोर्तेज्काले ह्याट्रिक गरे। टोलिसोले चार गोल गरे। यस्तै सान्चेजले दुई, लियोन डाजाकुले एक, सरप्रित सिंहले एक र नोलेनबर्गरले एक गोल गरे। ७३ औँ मिनेटमा एक गोल आत्मघाती भएको थियो।
म्युनिख नजिकैको क्लब रोट्याग एगर्न जर्मन चौथो डिभिजनको क्लब हो। यसअघि पनि बायर्नसँगैको मैत्रीपूर्ण खेलमा रोट्याग एगर्न २०-२ ले पराजित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।