काठमाडौं– सांसद विना मगरले कञ्चनपुर जिल्लाको विद्युत समस्या समाधान गर्न माग गर्दै बुधबार नेपाल विद्युत प्राधिकरण मागपत्र बुझाएकी छिन्।
कञ्चनपुर १ बाट निर्वाचित सांसद मगर नेतृत्वको टोलीले बुधबार प्राधिकरणका महानिर्देशक कुलमान घिसिङ भेटेर ६ बुँदे मागपत्र पेश गरेको हो।
जिल्लाको दक्षिण क्षेत्रमा बासिन्दाले नियमित बिजुली नआउने तथा कम भोल्टेस आउने समस्या भोग्दै आएका छन्।
कञ्चनपुरको पुनर्वास र बेलौरी नगरपालिका तथा लालझाडी र बेल्डाँडी क्षेत्रमा अनियमित विद्युत आपूर्ति तथा न्यून भोल्टेजको समस्या झेल्दै आएका छन्। सोही समस्या समाधानका लागि घिसिङसँग माग गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।