ल्हासा- चीनको स्वशासित क्षेत्र तिब्बतका दुई लाख ६० हजार नागरिकलाई गरिबीबाट मुक्त गरेको त्यहाँको क्षेत्री सरकारले दाबी गरेको छ।
गत दुई वर्षको अवधिमा उनीहरुलाई गरिबीबाट मुक्त गरिएको क्षेत्रीय सरकारका प्रमुख किझालाले बुधबार बताएका छन्। वार्षिक प्रतिव्यक्ति आय ३ सय ४८ अमेरिकी डलर पुगेपछि गरिबीबाट मुक्त भएको मानिने मापदण्ड बनाइएको छ।
सन् २०१५ को अन्त्यसम्ममा पाँच लाख ९० हजार नागरिक गरिबीको रेखामुनि रहेकोमा सन् २०१७ को अन्त्यमा तीन लाख ३० हजार जना मात्रै गरिबीको रेखामुनि रहेको बताइएको छ।
'सरकारले यस क्षेत्रमा गरिबी विरुद्धको अभियानका लागि धेरै नै बजेट छुट्याएको छ', सरकार प्रमुख किझालाले भने, 'गरिबी निवारणका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ।'
तिब्बतले सन् २०१८ मा एक लाख ४० हजार नागरिकलाई गरिबीबाट मुक्त गराउने योजना बनाएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन्।
तिब्बत क्षेत्रको कुल जनसंख्या ३२ लाख छ। (रासस/सिन्ह्वा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।