विराटनगर– बुधबार मोरङमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएक छन्।
मोरङ्गको सुन्दर हरैचा नगरपालिका २ सलकपुरमा दुईवटा मोटरसाईकल एक आपसमा ठक्कर खादा एक जनाको मृत्यु भएको हो।
बिहान पौने १२ बजे को २८ प २३२२ नम्बरको मोटरसाईकल र को २ प ७९ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खादा दुर्घटना भएको हो। दुर्घटनामा परि ७९ नम्बरको मोटरसाईकल चालक कानेपोखरी गाउपालिका(२ बस्ने ५१ वर्षिय भिम बहादुर कार्कीको मृत्यु भएको हो।
दुर्घटनामा परि गम्भिर घाईते भएका कार्कीको उपचारको क्रममा नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा परि अर्को मोटरसाईकलमा सवार २ जना घाईते भएका छन् । घाईते दुबैजनाको गोल्डेन अस्पताल बिराटनगरमा उपचार भईरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।