चितवन– भरतपुर महानगरपालिका–१० गैंडाचोकमा टिपरको ठक्करबाट आज दिउँसो स्कुटरमा सवार एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२१ की ३६ वर्षीया धनसरी भट्ट रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
प्रहरीका अनुसार आज दिउँसो आँपटारीबाट केन्द्रीय बस टर्मिनलतर्फ जाँदै गरेको ना ६ ख ४४९३ नं को टिपरले विपरीत दिशामा जाँदै गरेको ना ३९ प ८६७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा भट्टको घटनास्थलमै मृत्यु भएको हो । स्कुटर चालक मृतकका छोरालाई भने केही नभएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।