काठमाडौं– बलिउड अभिनेता सलमान खानले स्थापना गरेको परोपकारी संस्था ‘बिइङ ह्युमेन’को नेपाली प्रतिनिधि बनेर व्यापार गर्ने राजु थापा क्षेत्री पक्राउ परेका छन्।
ठगी र चेक बाउन्सको आरोपमा महानगरीय अपराध महाशाखाले उनलाई बुधबार पक्राउ गरेको हो।
खातामा पैसा नदिएको चेक दिएर ठगी गरेको आरोपमा उनलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ। उनले अन्य धेरै व्यक्तिलाई ठगी गरेको प्रहरी अधिकारीहरु बताउँछन्।
दरबारमार्गमा ‘बिइङ ह्युमेन क्लोथिङ स्टोर’ चलाउदै आएका थापाले व्यापारको बहानामा विभिन्न व्यक्तिहरुसँग पैसा लिएर ठगी गरेको प्रहरीले जनाएको छ। बैंकिङ कसुर मुद्दामा उनीविरुद्ध प्रहरीले अनुसन्धान अघि बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।