कैलाली- कैलालीको लम्कीबाट प्रहरीले तीन थान चितुवाको छाला र तीन किलो हाडसहित एक जनालाई पक्राउ गरेको छ।
क्षेत्रीय अनुसन्धान ब्युरोको टोलीले विशेष सूचनाको आधारमा बुधबार दिउँसो कालिकोट धौलाकोट नगरपालिका ६ का ३४ वर्षीय कर्ण कामीलाई चितुवाको छाला र हाडसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।
ब्युरोले बुधबार दिउँसो चिसापानीको हिमशिखर होटलबाट टमाटालाई नियन्त्रणमा लिएको हो।
टमाटाले लामो समयदेखि वन्यजन्तुको कारोबार गर्दै आएको प्रहरीले जनाएको छ। उनीबारे थप अनुसन्धान भइरहेको नेपालगञ्ज प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।