काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रियसभा निर्वाचनमा दुई सिटमा उम्मेदवारी दिएको छ।
राप्रपाले बुधबारको मनोनयन दर्तामा प्रदेश नम्बर १ र ३ मा मात्र उम्मेदवारी दिएको हो।
राप्रपाका सहायक प्रवक्ता मोहन श्रेष्ठका अनुसार प्रदेश नम्बर १ मा मोरङबाट अनुपमा देवी साहले उम्मेदवारी दिएकी छिन्। त्यस्तै, प्रदेश नम्बर ३ मा काठमाडौंबाट लक्ष्मी देशारले उम्मेदवारी दर्ता गरेकी छिन्।
राष्ट्रियसभा निर्वाचन माघ २४ गते हुँदै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।