काठमाडौं- राष्ट्रियसभा निर्वाचनमा नेकपा एमाले, माओवादी केन्द्र र नेपाली कांग्रेसले मतदान अगाडि एक/एक सिट हात पारेका छन्।
तीन ठूला दलले प्रदेश नम्बर १ बाट समान एक/एक सिट पाएका हुन्। महिला सिटका लागि तीन जनाको मात्र उम्मेदवारी दर्ता भएपछि उनीहरुले समान एक/एक सिट हात पार्ने पक्का भएको हो। कांग्रेसबाट सरिता प्रसाईं, एमालेबाट नैनकला ओझा र माओवादी केन्द्रबाट बिना पोखरेल निर्विरोध रुपमा राष्ट्रियसभाको सांसद हुने निश्चित भएको छ।
राष्ट्रियसभा निर्वाचन कार्यालयका अनुसार प्रदेश नम्बर १ मा महिला सिटका लागि छुट्याइएको तीन सिटमा ३ जनाको मात्र उम्मेदवारी परेको थियो।
वाम गठबन्धनको सहमति अनुसार प्रदेश नम्बर १ मा एमालेले ५ र माओवादी केन्द्रले एक सिटमा उम्मेदवारी दिएको छ। कांग्रेसले भने ४ सिटमा मनोनयन दर्ता गराएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।