जलालाबाद- अफगानिस्तानको पूर्वी र उत्तरी प्रान्तमा बुधबार बिहान भएको सुरक्षा कारबाहीमा २३ विद्रोही मारिएका छन्।
गत २४ घन्टाभित्र बुधबार बिहानसम्म जारी कारबाहीका क्रममा ती लडाकु मारिएका सुरक्षा बलको विज्ञप्तिमा जनाइएको छ।
यसै महिनाको सुरुबाट नान्गाहार प्रान्तको खोगीआनी जिल्लामा विद्रोही विरुद्धको सुरक्षा कारबाही हालसम्म पनि जारी रहेको बताइएको छ।
यसैबीच प्राप्त अर्को एक समाचारअनुसार अफगानिस्तानको उत्तरी प्रान्त फर्याबको सिरिन तगाब जिल्लामा सुरक्षा बलले गरेको हवाई कारबाहीमा पनि केही आतंककारी मारिएको अनुमान गरिएको छ। (रासस/सिन्ह्वा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।