• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ११, २०८३ Wed, Oct 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

बैंकको ऋण शाखामा कार्यरत सम्पूर्ण कर्मचारीको विवरण सम्पत्ति शुद्धीकरणले माग्यो

64x64
नेपाल लाइभ बिहीबार, साउन २३, २०७६  १४:५४
1140x725

काठमाडौं- सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बैंक तथा वित्तीय संस्थाबाट ऋण प्रवाहमा संलग्न अधिकारीहरुको विवरण मागेको छ। सम्पत्ति शुद्धीकरणको दृष्टिकोणबाट जोखिमयुक्त क्षेत्रमा ऋण प्रवाह भइरहेको आशंकमा विभागले सम्पूर्ण बैंकका त्यस्ता अधिकारीहरुको विवरण माग गरेको हो। 

नेपालमा सम्पत्ति शुद्धीकरणका लागि जोखिमपूर्ण मानिएको घरजग्गामा बैंक तथा वित्तीय संस्थाहरुबाट अधिक ऋण प्रवाह भएको र त्यस्तो ऋण प्रवाह गर्दा जोखिमको उपयुक्त मूल्यांकन नभएको विभागको आशंका छ। विभागले बैंक तथा वित्तीय संस्थाको कर्जा विभागमा रहेका अधिकारी र प्रमुख कार्यकारी अधिकृतसम्मको विवरण माग गरेको हो।

'कुनै खास विषयवस्तुभन्दा पनि कर्जा प्रवाहमा संलग्न बैंकका अधिकारीहरुको विवरण संकलनका लागि बैंक तथा वित्तीय संस्थाहरुलाई पत्राचार गरिएको हो,' विभाग स्रोतले भन्यो, 'हामीले नियमित कामअन्तर्गत नै यो गरेका हौं।' 

बैंक तथा वित्तीय संस्थाले खराब धितोमा ऋण प्रवाह गरी अवैध कारोबारलाई वैध बनाउन सहयोग गरेको आशंका विभागले गरेको हो। नेपाल राष्ट्र बैंकअन्तर्गत रहेको वित्तीय जानकारी इकाइ तथा विभागबीच भएको छलफलमा सम्पत्ती शुद्धीकरणमा सहयोग पुग्ने गरी बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा प्रवाह भइरहेको विषयले प्रवेश पाएपछि विभागले पत्र पठाएको स्रोतले दाबी गरेको छ। 

'बैंक तथा वित्तीय संस्थाबाट ऋण प्रवाह भएकामध्ये केही ठूला फाइलको पनि अध्ययन गरिरहेका छौं, अहिले मागिएको विवरणले त्यसलाई पनि थप सहयोग पुर्‍याउँछ भन्ने हाम्रो विश्वास हो,' स्रोतले भन्यो।

Ncell 2
Ncell 2
nimb
nimb

सम्पत्ति शुद्धीकरणले पठाएको पत्रका विषयमा बैंकका प्रमुख कार्यकारी अधिकृतहरुबीच अनौपचारिक कुराकानीसमेत भइसकेको छ। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिपछि जारी गरेको परिपत्रका विषयमा छलफल गर्न बुधबार केन्द्रीय बैंक पुगेका वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुबीच यो पत्रका विषयमा छलफल भएको हो। 

सम्पत्ति शुद्धीकरण सम्बन्धित अन्तर्राष्ट्रिय मापदण्डअन्तर्गत नेपालको मूल्यांकन अर्को वर्ष हुँदैछ। त्यसको पूर्वसन्ध्यामा सम्पत्ति शुद्धीकरणको जोखिमका क्षेत्र पहिचानका क्रममा विभागले वित्तीय क्षेत्रबाट ऋण प्रवाहमा संलग्न हुने अधिकारीहरुको विवरण माग गरिएको हो। 

सन् २०२० मा हुने मूल्यांकनमा नेपालको स्थिति बलियो देखाउन विभागले फरकफरक क्षेत्रबाट यससँग सम्बन्धित सूचना संकलन गरी विश्लेषण गरिरहेको छ। 'जोखिम क्षेत्र पहिचानका क्रममा हामीले विवरण पठाउन भनेका हौं,' स्रोतले भन्यो। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

गैरकानुनी रुपमा नेपाल आउने रकम आतंकवादी गतिविधिमा परिचालन नभए पनि घरजग्गा, सुन कारोबार र थोरै मात्रामा सेयर बजारमा प्रयोग भइरहेको आशंकामा विभागले ती क्षेत्रमाथि निगरानी बढाइसकेको छ। यसैगरी वित्तीय संस्थाबाट ती क्षेत्रमा प्रवाह भएका ऋणमाथि पनि शंका गर्दै विभागले अनुसन्धान अघि बढाइरहेको छ। 

'बैंक तथा वित्तीय संस्थाबाट ऋण प्रवाह भएकामध्ये केही ठूला फाइलको पनि अध्ययन गरिरहेका छौं, अहिले मागिएको विवरणले त्यसलाई पनि थप सहयोग पुर्‍याउँछ भन्ने हाम्रो विश्वास हो,' स्रोतले भन्यो, 'विश्वव्यापी मापदण्डअनुसार हाम्रो अवस्था सुरक्षित गर्न नयाँनयाँ क्षेत्रमा अनुसन्धान बढाउनुपर्ने भएको छ।'

प्रकाशित मिति: बिहीबार, साउन २३, २०७६  १४:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
अब नागरिकताको प्रतिलिपि लिन गृहजिल्ला धाउन नपर्ने, उपत्यकाबाटै सेवा लिन सकिने
हुम्लामा हर्क साम्पाङले के प्रतिबद्धता जनाए ?
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन बुधबार, कात्तिक ११, २०८३
अब नागरिकताको प्रतिलिपि लिन गृहजिल्ला धाउन नपर्ने, उपत्यकाबाटै सेवा लिन सकिने बुधबार, कात्तिक ११, २०८३
हुम्लामा हर्क साम्पाङले के प्रतिबद्धता जनाए ? बुधबार, कात्तिक ११, २०८३
उपत्यकामा २४ घण्टामा ६४३ सवारी साधनमाथि कारबाही बुधबार, कात्तिक ११, २०८३
आन्ध्र प्रदेशको तटीय क्षेत्रमा प्रतिघण्टा १५० किमिसम्म हाबाहुरी बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
‘अर्णब चक्रवात’ कमजोर हुँदै नेपालतर्फ, नेपालमा जोखिम मंगलबार, कात्तिक १०, २०८३
पशु, बाख्रा र गुदरी हाटबजारको राजस्व हिनामिना गरेपछि... मंगलबार, कात्तिक १०, २०८३
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’ मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
लुम्बिनीका सभामुख घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्