जल्लालवाद - अफगानिस्तानको पूर्वी शहर जल्लालवादस्थित सेभ द चिल्ड्रनको कार्यालय अगाडि आत्मघाती कार बम विस्फोट गराइएको छ। विस्फोटका कारण कम्तिमा ११ जना घाइते भएका छन्।
घटना स्थानीय समयअनुसार बुधबार बिहान करिव ९ बजेर १० मिनेट जाँदा भएको प्रान्तीय सरकारका प्रवक्ता अतउल्लाह खोग्यानीले बताए। उनका अनुसार पहिले एक बन्दुकधारीले सेभ त चिल्ड्रेनको प्रवेशद्वारमा कार बम बिस्फोट गराएको र बाँकि २ जना कार्यालयभीत्र प्रवेश गरि पहिलो तलाबाट ग्रीनेट तथा मसिनगन प्रयोग गर्ने धम्की दिएका थिए।

घटनापश्चात् बन्दुकधारीहरु बस्ती हुँदै भागेको स्थानीय प्रत्यक्षदर्शीले देखेको बिबिसीले लेखेको छ। तर घटनाको भने अहिलेसम्म कसैले पनि जिम्मेवारी नलिएको बताइएको छ।
जल्लालबाद तालिवान लडाकुको बारम्बार निशानामा पर्ने गरेको पाकिस्तानको सिमा क्षेत्रमा रहेको शहर हो। साथै सो स्थानमा २०१५ देखि सतहमा आएको आतंकवादी संगठन इस्लामीक स्टेटका लडाकुहरु पनि उत्तीकै सक्रिय रहने गरेको बताइन्छ।
गत शनिबार मात्रै काबुलस्थित होटल कन्टिनेन्टलमा भएको आक्रमणमा परि २२ जनाको मृत्यु भएको थियो। मारिनेमा धेरै विदेशी रहेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।