काठमाडौं – इंग्लिस क्लब चेल्सीका डिफेन्डर डेभिड लुइज आर्सनल गएका छन् । लुइजलाई आर्सनलले ८ मिलियन पाउण्डमा दुई वर्षका लागि भित्र्याएको हो ।
३२ वर्षका ब्राजिलियन खेलाडी लुइजले गएको मे महिनामा चेल्सीसँग थप दुई वर्षको सम्झौता गरेका थिए । तर उनले आफै नै आर्सनल जाने इच्छा देखाएर कुराकानी गरेपछि आर्सनलले उनलाई स्वीकारेको हो । आर्सनलमा उनको मेडिकल जाँच बिहीबार नै हुँदै छ ।
मंगलबार आर्सनलले डिफेन्डर लोरेन्टलाई फ्रेन्च क्लब बोर्डेअक्समा पाँच मिलियन युरोमा बेचेको थियो । यसले लुइजलाई भित्र्याउन सहज भएको हो ।
आफैले प्रस्ताव गरेर लुइज आर्सनल पुगेको खबरले प्रिमियर लिगमा नौलो ट्रान्सफर देखिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।