काठमाडौं- राष्ट्रियसभा निर्वाचनमा नयाँ शक्ति र विवेकशील साझा पार्टीले नेपाली कांग्रेससँग सहकार्य गर्ने भएका छन्।
तीन दलको बुधबार बिहान बसेको बैठकमा राष्ट्रियसभा निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई सघाउने सहमति भएको हो।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार, विवेकशील साझा र नयाँ शक्तिका स्थानीय तथा प्रादेशिक सांसदले राष्ट्रियसभा निर्वाचनमा कांग्रेसलाई मतदान गर्नेछन्।
राष्ट्रियसभा निर्वाचन माघ २४ गते हुँदै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।