पोखरा- सवारी दुर्घटना न्यूनीकरणका लागि पोखरामा फुटपाथमा व्यापार एवं सवारी साधन पार्किङ गर्नेलाई कारबाही अभियान सुरु गरिएको छ।
पोखरा लेखनाथ महानगरपालिका, जिल्ला प्रहरी कार्यालय कास्की र ट्राफिक प्रहरी कार्यालय, कास्कीले अभियान थालेका हुन्।
सवारी साधनको बढिरहँदा दुर्घटना पनि बढ्दै गएकाले महानगरलाई दुर्घटनारहित र स्वच्छ बनाउने उद्देश्यले फुटपाथलाई खुल्ला बनाउने अभियान थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका सूचना अधिकृत प्रहरी नायव निरीक्षक शिवबहादुर थापाले बताए।
फुटपाथमा व्यापारिक सामानका साथै सवारी साधन नराख्न सार्वजनिक रुपमा आह्वान पनि गरिसकिएको बताउँदै उनले अटेर गरिएको पाइएमा कारबाही गरिने जानकारी दिए। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।