धनगढी- कैलालीको गोदावरी नगरपालिकाका प्रमुख हरिसिं साउदको वडा नं ४ अत्तरिया बजारस्थित घर परिसरमा अज्ञात समूहले मंगलबार राति प्रेसर कुकुर बम विस्फोट गराएको छ।
विस्फोटबाट घरको पर्खालमा सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर बुढामगरले बताए। घरदेखि झन्डै १ सय ५० मिटर दूरीबाट विद्युतीय तार प्रयोग गरेर बम विस्फोट गराइएको जनाइएको छ।
हावा हुरीसँगै वर्षा भइरहेको समयमा करिब २ बजे राति बम विस्फोट गराइएको नगर प्रमुख साउदले बताए। घटनास्थलबाट ३५ मिटर विद्युतीय तारसमेत बरामद भएको छ।
प्रहरीले घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।