काठमाडौं – स्पेनिस क्लब बार्सिलोनाले प्रि सिजन तयारी खेलमा इटालियन क्लब नापोलीलाई २-१ ले हराएको छ ।
खेलको ८ औँ मिनेटमा सर्जियो बुस्केट्सले गोल गर्दै बार्सिलोनालाई दिलाएको अग्रता ४२ औँ मिनेटमा स्यामुअल उमटिटीको आत्मघाती गोलमा बराबरी भएको थियो ।
दोस्रो हाफमा सुधारिएको बार्सिलोनाका लागि ७९ औँ मिनेटमा इभान राकिटिकले गोल गर्दै जित दिलाए ।
घाइते रहेकाले लियोनल मेस्सी नखेलेका कारण बार्सिलोनाले ग्रिजम्यान, स्वारेज र पेरेजलाई फरवार्ड लाइनमा खेलाएको थियो । पहिलो पटक स्वारेज र ग्रिजम्यान सँगै खेलेका हुन् ।
बार्सिलोनामा नयाँ सिजनका लागि आएका गोलकिपर नेटोले पनि उत्कृष्ट खेल देखाएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।