ललितपुर- राष्ट्रियसभा सदस्य निर्वाचनका लागि माओवादी केन्द्रका प्रदेश ३ का उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन्।
रामबहादुर थापा र गंगा पराजुलीले निर्वाचन अधिकृतको कार्यालय पाटन पुगेर उम्मेदवारी दर्ता गराएका हुन्। उम्मेदवारी दर्ताका लागि माओवादी प्रवक्ता पम्फा भुसाल लगायतका नेताहरु निर्वाचन कार्यालय गएका थिए।

माघ २४ गते हुने निर्वाचनका लागि बुधबार सात वटै प्रदेशमा दलहरुले उम्मेदवारी दर्ता गराउँदै छन्। निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि १० हजार रुपैयाँ धरौटी तोकेको छ।
उम्मेदवारी दर्ताको समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म रहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।