काठमाडौं - इडन हाजार्डले रियल मड्रिडका लागि पहिलो गोल गरेका छन् । बुधबार राति रेड बुल साल्जवर्गसँगको खेलमा हाजार्डले १९ औँ मिनेटमा गोल गरेका थिए ।
प्रि सिजनको तयारी खेलमा रियल मड्रिडमा हाजार्डको उपस्थिति नियमित भए पनि यसअघि गोल भने हुन सकेको थिएन । साल्जवर्गसँग दोस्रो हाफमा रियल मड्रिडको खेलदेखि प्रशिक्षक जिनेदिने जिदान सन्तुष्ट हुन नसके पनि हाजार्डको गोल जितका लागि पर्याप्त भयो ।
जिदानले साल्जवर्गविरुद्ध ३-४-२-१ को फरक शैली अपनाएका थिए । जसमा डिफेन्समा मिलिटाओ, रामोस र भारानेको प्रयोग गरेका थिए ।
दोस्रो हाफमा साल्जवर्गले दबावमा राखे पनि गोल गर्न भने सकेन । मड्रिडले आइतबार रोमासँग मैत्रीपूर्ण खेल खेल्नेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।