काठमाडौं– एक साता बित्दा पनि डिल्लीबजार कारागारबाट भागेका कैदीलाई प्रहरीले भेट्टाउन सकेको छैन। घटनाका छानबिनका लागि एसएसपीको नेतृत्वमा समिति बनेको छ।
डकैती मुद्दामा जेल परेका टिकाबहादुर थापा गत माघ ४ गते बेलुका जेलबाट भागेका थिए। जेलको उत्तरतर्फ रहेको कारखानाबाट माथि चढी काँडे तार काटेर उनी भागेका थिए।
घटनाको छानबिनका लागि महानगरीय प्रहरी कार्यालयले एसएसपी पूर्णचन्द्र जोशीको संयोजकत्वमा समिति गठन गरेको छ। हालसम्मको अनुसन्धानमा घटनाको मिलेमतो नदिएको एसएसपी जोशीले बताए। ‘केही कमजोरीहरु देखिन्छ,तर प्रहरीको मिलमेतो अहिलेसम्म देखिएको छैन,’ उनले भने।
भागेका थापा कुृख्यात अपराधी हुन्। उनले एक दर्जन चोरी तथा डकैती गरेका थिए। उनीसँगै भाग्न खोज्ने भूपाल थापा मगरलाई भने प्रहरीले पक्राउ गरिसकेको छ।
दुई महिनाअघि सुन्धारा कारागारबाट भागेका कैदी पन्न बहादुर शाही भागेका थिए। उनी पनि फेला परेका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।