काठमाडौं– ओम डेभलपमेन्ट बैंकले सार्वजनिक गरेको दोस्रो त्रैमासको रिपोर्टअनुसार अधिकांश सूचक नकारात्मक देखिएको छ।
बैंकको चालु आर्थिक वर्षको ६ महिनामा खुद मुनाफा २० दशमलव ९८ प्रतिशतले घटेको छ। बैंकले दोस्रो त्रैमासमा १५ करोड ३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले खुद नाफा १९ करोड २ लाख रुपैयाँ कमाएको थियो। बैंकको निक्षेपको लागत बढेका कारण नाफा घटेको हो।
बैंकको सञ्चालन मुनाफा पनि २१ दशमलव ३४ अंकले घटेको छ। बैंकको सञ्चालन मुनाफा २२ करोड २१ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको ६ महिनामा बैंकले सञ्चालन मुनाफा २८ करोड २४ लाख रुपैयाँ कमाएको थियो।
त्यस्तै बैंकको खुद ब्याज आम्दानीमा ८ दशमलव ५८ प्रतिशतको गिरावट आएर ३२ करोड २८ लाख रुपैयाँ पुगेको छ। बैंकले १७ अर्ब ५८ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने कर्जामा १५ अर्ब ७७ करोड लगानी गरेको छ।
बैंकको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ७ पैसा रहेको छ। बैंकको निष्क्रिय कर्जा १ दशमलव १७ प्रतिशत, सिडी रेसियो ७६ दशमलव ४७ प्रतिशत, आधार ब्याजदर ११ दशमलव ४७ प्रतिशत र स्प्रेड दर ४ दशमलव ८३ प्रतिशत छ।
त्यस्तै बैंकको तरलता अनुपात २७ दशमलव ३४ प्रतिशत रहेको छ।ब
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।